Author: महेन्द्रनगर पोष्ट

धनगढी : एससीसीको सचिवमा हाल अष्ट्रेलिया रहेका धनगढीका किशोर कुँवर निर्वाचित भएका छन् । उनले चुनावमा विजयी भएसँगै गैर आवासीय नेपालीहरुको अधिकार र भलाइका लागि वकालत गर्दै समुदायमा एकता बढाउन र सांस्कृतिक सम्पदा र पहिचानलाई सम्बोधन गर्ने बताएका छन् । वेस्टर्न अष्ट्रेलिया, पर्थमा रहेका उनले गैर आवासीय नेपाली र मातृभूमिबीचकाे सम्बन्धलाई मजबुत बनाउने प्रयास गर्दै समुदायको उन्नतिका लागि अथक प्रयास गर्ने बाचा गरेका छन् । उनले संस्थाले अंगालेका नीति र कार्यक्रमलाई राज्य स्तरसम्म पुर्याउनुका साथै राष्ट्रिय समन्वय समिति र डब्लुएलाई जोड्दै, सहकार्य गर्दै एनआरएनए डब्लुएको आवाज केन्द्र सम्म पुर्याउन पहल गर्ने बताएका छन् । त्यस्तै नेपाली भाषा, साहित्य र कलाको…

Read More

काठमाडौँ : देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक(पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ । सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो । १ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जङ्गली जनावरका कारण…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ । पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध जनाएका छन् । यद्यपि नाउजा आज नै सुदूरपश्चिम सरकारमा सहभागी भइसकेको छ । लक्ष्मण केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुखसमेत हुन् । उनले छिट्टै पत्रकार सम्मेलन गरेर जिम्मेवारीबाट बाहिरिने बताएका छन् ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए । राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालीकाले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले बुधवारदेखि निःशुल्क यान सञ्चालनमा ल्याएको हो। नगरपालिकाका अनुसार बुधवारदेखि सञ्चालनमा आएको यानले शव बोक्ने काम गर्ने छ। यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै ठाउँ बनाइएको छ। यानको अगाडिको भागमा फूलमालासहित मृतकको तस्विर राख्न मिल्छ। गत आर्थिक वर्षको ३१ लाख बजेटमा नगरपालिकाले महाप्रस्थान यान खरिद गरेको हो।

Read More

काठमाडौं : अधिवक्ता भगवती पाण्डे (शीतल) पक्राउ परेकी छिन् । हाडनाता विवाहबारे उनको अभिव्यक्ति विवाद परेपछि आज पक्राउ परेकी हुन् । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्तिका कारण निकै विरोध खेपिरहेकी उनलाई पक्राउ गरेर बयान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ्ग र मगर समुदायका विभिन्न संघसंस्थाले दिएको उजुरीको आधारमा परिसरले उनलाई पक्राउ गरेको हो । पाण्डेविरुद्ध गत साउन १२ गते पक्राउ पूर्जी जारी भएको थियो । उनलाई जातीय भेदभावसहित दुईवटा कसूरमा कारबाही गर्न माग गरिएको छ । एक टेलिभिजन अन्तरवार्तामा उनले तामाङ्ग समुदायमा हाडनाताभित्र विवाह हुने गरेको र त्यस्ता आमाबाबुबाट जन्मने…

Read More

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मङ्गलवार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

Read More

कैलालीः कैलालीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–२ तिलके तालबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार ६०० मुल्य बराबरको कुर्ति बुधबार बिहान प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेकोे हो। सामान नियन्त्रणमा लिई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।

Read More

दार्चुला : नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिए । उनीहरूले…

Read More

काठमाडौँ : चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् । क्षेत्र नम्बर २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनदेखि स्वास्थ्य बीमा, महिलाहरूका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्ध-वृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् । निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिकृत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरी सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी…

Read More