Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। मंगलबार ४१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ८७३ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा १ हजार ८०५ पीसीआर तथा १ हजार ३२१ एन्टिजेन परीक्षण भएको छ।

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई आज अध्यक्ष दाहालले भने,’गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।’ भेटवार्तामा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्र्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शङ्करदास वैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् । अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए । ‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एयरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो । कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने उनले बताए । साँझसम्म मात्र यकिन सङ्ख्या भन्न सकिने उनले बताए । जसपा अर्को नेता दीपक महतोले कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको दाबी गरे । पार्टीको केन्द्रीय समितिको सदस्य सङ्ख्या ४९९ रहेको छ ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग–अलग बैठक बोलाउँदै अन्ततः फुटको नजिक पुगेका छन् । उपेन्द्र पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ भने टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक भोलिदेखी बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ । यादव र भट्टराईले पार्टीबाट अलग–अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट…

Read More

काठमाडौं – हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। मंगलबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाट गरेको हो। स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी दुईजनाले भने ११ कित्ता सेयर प्राप्त गरेका छन्। कम्पनीले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदनमध्ये १५ लाख ९३ हजार ७९६ स्वीकृत गरेको हो। बाँकी कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएको कम्पनीले जनाएको छ। कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता…

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गण पुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घाेषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थपाले जानकारी गराए । निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानिसंह बोहराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सकरारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाएका छन् । ‘सरकारले सोमबार बेलुकादेखि छलफलमा आउन आग्रह गरिरहेको छ,’ एमाले संसदीय दलका नेता लीलाधर भट्टले भने, ‘छलफलमा जानुअघि तीनवटै प्रतिपक्ष दलहरू बसेर साझा धारणा बनाउने छौं, त्यसका लागि अहिले छलफल भइरहेको छ ।’ उनले तीनवटै विपक्षी दलको साझा धारणा…

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९४ हजार रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं –  जापानले आज शिन्जो आबेको अन्त्यष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको पर्बाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएको बताइन्छ । उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।

Read More