Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता सुरु भएको छ। ओलीको निवास भक्तपुरको बालकोटमा भेटवार्ता सुरु भएको हो। पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले लिउको स्वागत गरेका थिए। दुवैबीच अहिले विविध विषयमा छलफल भइरहेको छ। भेटवार्तामा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई, कृष्ण केसी,अन्जान शाक्य र उषाकिरण भण्डारी सहभागी रहेका छन्। चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग‍ भेटघाट गरिसकेका छन्।

Read More

काठमाडौं – सरकारले बाढी र पहिरोजस्ता विपद्बाट जोगिन बेलैमा सचेत हुन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिमबारे पहिला नै सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै आफू जान चाहेको ठाउँमा निस्किन आग्रह गरेको छ । आफू जान लागेको ठाउँको मौसम कस्तो छ र आफूले प्रयोग गर्ने बाटोमा बाढी र पहिरोको अवस्था के छ बुझेर मात्रै यात्रा सुरु गर्न राष्ट्रिय विपद् जोखिम न्यनूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ । “तपाईँलाई थाहा छ कतातिर पानी पर्दैछ । खहरे खोला, नदी बढेका छन् कि ?,” प्राधिकरण भन्छ, “घरगाउँबाट टाढा जान ठिक समय छ कि छैन । आफूलाई चाहिएको ठाउँको मौसमको जानकारी लिएर मात्रै…

Read More

काठमाडौं – सार्वजनिक सवारी साधनको भाडा फेरि बढेको छ । असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।इन्धनको बजार मूल्य बढेकाले सवारीसाधनको भाडादर समेत बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा…

Read More

काठमाडौँ – संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ खानेपानी तथा सरसफाइ विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफावार छलफल सदनमा…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

Read More

गण्डकी – गण्डकी प्रदेश सरकारले २०९ औँ भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो। गण्डकी सरकारले योसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैँमा पनि बिदा दिने निर्णय गरेको थियो।

Read More

काठमाडौँ- जबर्जस्ती करणीको अभियोगमा धनकुटाको शहिदभूमी गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन्। ३१ वर्षीय राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ वर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर ,तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जबर्जस्ती करणी) शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रदेश नं १ प्रहरी कार्यालयले जानकारी दिएको छ।

Read More

काठमाडौ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । उनले व्यवसायीक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफूहरु अगाडी बढिरहेको बताए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिएका थिए ।…

Read More

धनुषा – मिटर ब्याज लिएर ठगी गरेकाे आरोपमा धनुषामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो । प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । साँवा ब्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि आरोपितले जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु…

Read More

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ–तराई- मधेस दू्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गरे । रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उनले बताए । उनले भने, ‘विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।’ आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताए । लेख…

Read More