Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – तारा एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन…

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् । यस्तै, उनले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘गत वर्ष संसद्भन्दा बाहिरबाट बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् । विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उनले उल्लेख गरे । ‘यो सरकार बनेपछि ९ महिनायता मात्रै…

Read More

एजेन्सी – युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । ‘दि इन्डिपेन्डेन्ट’को रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’ समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे । रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमला स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए । युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ भनि सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ तब जान्छौँं ।’ ‘हामी…

Read More

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयकै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गरे । उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए । नेता…

Read More

काठमाडौं – चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रदर्शन रोकिएको बताए । स्थिती सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ । अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।…

Read More

काठमाडौं – सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । अध्यक्ष न्यौपानेलाई ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो । अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ । समितिको ऐनमा अध्यक्ष पद आलङ्कारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो ।

Read More

काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका– ५,…

Read More

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् । आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिने उदेश्यरले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गर्न लागेका हुन् । लेबनान र सिरियामा राष्ट्रसंघको शान्ति मिसनमा ठूलो संख्यामा नेपाली शान्ति सैनिक खटिएका छन् । प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् । ‘भ्रमणको दौरान, प्रधान सेनापति महारथी…

Read More

काठमाडौं – बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डी ४’ बन्द गर्न मागसहित फिल्मको पोस्टर जलाइएको छ । फिल्मकी मुख्य नायिका हुन मिरुना मगरमाथि दुर्यवहार गरेको आरोपमा पक्राउ परेका लामा फुर्वा तामाङको रिहाइको मागसहित लामाका समर्थकहरुले फिल्म बन्द गर्न पोस्टर जलाएका हुन् । उनका समर्थकहरुले के एल टाउर अगाडी सो फिल्मको पोस्टर जलाएका हुन् । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी फिल्मकी मुख्य नायिका हुन मिरुना मगरले सिभिल मलमा आइतबार साझ एक ब्यक्तिले गलत तवरले छोएर दुव्र्यवहार गरेकोप्रती प्रतिकार गर्दै थप्पड हानेकी थिइन् । यतिमात्र नभएर मिरुनाले जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार…

Read More

काठमाडौं – पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् । पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम)सहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा…

Read More