Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – दुर्घटनाग्रस्त तारा एयर 9N-AET विमानको ब्ल्याकबकस फेला परेको छ। आज बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो। प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ। विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए। दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ। ब्लाकबक्स आगलागी हुँदासमेत नजल्ने प्राविधिकहरुले जनाएको छ। यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ। आयोगका…

Read More

कैलाली- कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् । श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ। ‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब थप १२ शव आज काठमाडौं पठाउने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले भने। दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए। दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए। आइतबार पोखराबाट…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक मंगलबार पनि बस्दैछ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलका अनुसार १० बजेपछि बैठक बस्नेगरी बोलाइएको छ । यसअघि सोमबार बसेको बैठकले फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गरिने, सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने लगायतका निर्णय पनि भएको थियो ।

Read More

काठमाडौं- आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । विश्वमा हरेक…

Read More

बैतडी- नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दा समेत बैतडीका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ। विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भने एक दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने नकारी पाएको बताए। बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक पर्ने बताइन्छ। जिल्लामा ५४० सामुदायिक…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका १ रडाहमा किसानलाई बाख्रा पालन तालिम दिन थालिएको छ । बेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किसानलाई बाख्रा पालन तालिम शुरु भएको हो । नगर उपप्रमुख तुलसी जोशीको तालिम उद्घाटन गर्नुभयो । नगर प्रमुख, उप प्रमुखलाई बेदकोटका विभिन्न सघ संस्थाहरुले निरन्तर सम्मान गरिरहेका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुरामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाइएकाृ छ। सुरक्षित गर्भपतन गराउने सूचिकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् । चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा ८ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानीसिंह कुँवरले जानकारी दिए। उनले सोमबार जिल्ला सदरमुकाममा आइपास नेपाल तथा सामुदायिक विकास मञ्चले संयुक्त रूपमा आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरूसँग ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी छलफल’ कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। उनका अनुसार गत आर्थिक वर्षमा…

Read More

काठमाडौं- फरार सूचीमा रहेका नवनिर्वाचित एक वडा सदस्यलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

कैलाली- कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना७ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन् । सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यस्तै खड्कालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ। दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका–४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको…

Read More