Author: Dipak Dhamala

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ ।  आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।  एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं – नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।  मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् ।  निर्वाचन समितिको कार्यालयले  शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघ एक क्याम्पसमा विजयी भएका छन् । चुनाव हुन नसकेका केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । काठमाण्डौको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज चुनाव हुँदैछ । भोलि पोखरा वन क्याम्पसमा, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा र चैत…

Read More

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बताएका छन् । “देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,” प्रवक्ता मुसा दानमदामीले भने । उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका पाँच जनालाई सेनाले मुक्त गरेको र करिब २८ जना डाँकुलाई पक्राउ गरिएको दानमादामीले पुष्टि गरे । देशको उत्तरपश्चिमी भागमा सरकारी सेनाले अपराधीहरूको घेरा सफा गर्ने क्रममा कम्तीमा १४ जना डाँकुहरूको हत्या गरेको र १६ जना अपहृत नागरिकहरूको उद्धार गरेको उनले बताए । सेनाको अभियानलाई ‘प्रशंसनीय…

Read More

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधार लगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको सहज पहुँचमा नरहेको जनाए । ‘आजको युग विज्ञान र प्रविधिको युग हो,’ उनले भने, ‘दूरसञ्चार सेवालाई सबै जनतामाझ पुर्‍याउनुपर्दछ । यसको सहज पहुँचबाट मात्र उनीहरूको सूचनाको हक पूरा हुन्छ । गुणस्तरीय इन्टरनेट सेवा नभएका कारण धेरै भुक्तानी रोकिएर सेवाग्राही मर्कामा परेकाले सेवा प्रदायकले भनाइ खानुपरेको…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएको पाँच दिन बितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । गएको सोमबार प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री प्रचण्डले हिजो शुक्रबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने दावी गर्नुभएको थियो । तर मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा आफैंले भनेको समयसीमामा मन्त्रिपरिषदलाई पूर्णता दिन उहाँ असफल हुनुभएको छ । नयाँ गठबन्धनमा रहेका १० दलमध्ये राष्ट्रिय जनमोर्चाबाहेक अरु सबै दल सरकारमा जाने तयारीमा छन् । उनीहरु सबैले मुख्य र धेरै मन्त्रालय दाबी गर्दा सहमति जुट्न सकेको छैन । कांग्रेसले अर्थ वा गृहमध्ये एकसहित ९ मन्त्रालयमा दाबी गर्दै आएको छ । माओवादीले केही थप मन्त्रालय लिन खोजेको…

Read More

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्।  तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामुहिक बिदाइ गरेका हुन। यसरी अवकास पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेलगायत रहेका छन् ।

Read More

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए । तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ । सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीयवासी बासिन्दा त्रसित भएको उनले बताए । धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन्…

Read More

आज दिउँसाे काेशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । तर यस्ताे वर्षा धेरैबेर हुने छैन । ‘एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ’, महाशाखाकाे सूचनामा भनिएकाे छ । अन्य प्रदेशकाे माैसम दिउँसाे सफा नै रहने पूर्वानुमान छ । राति भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित पानी पर्न सक्छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको माैसम विश्लेषण छ ।

Read More

नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउछन् । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार…

Read More