Author: Dipak Dhamala

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

Read More

कञ्चनपुर – कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सूर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन् । मनोजको साथबाट १.०२ ग्राम र सुरजबाट २.७७ ग्राम खैरो हिरोइनसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

काठमाडौं – विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण समेत गरेको छ । पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निःशर्त महाधिवेशनमा समेट्ने जनाएको छ । 

Read More

गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् ।  हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ । “लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक…

Read More

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए । उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । “राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन”, उनले भने, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि…

Read More

काठमाण्डाै – धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्राेबस ठाेक्किँदा २२ जना घाइते भएका छन् । काठमाण्डौबाट गोरखाका लागि छटेकाे बा ३ ख ६१६४ नम्बरको माइक्राे र काठमाण्डाै आउँदै गरेकाे बा ४ ख ११८७ नम्बरकाे माइक्राे ठाेक्किँदा दुर्घटना भएकाे हाे ।   दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाण्डौ पठाइएको छ। घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिनुभएको छ। बा ३ ख ६१६४ नम्बरको माइक्राेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने…

Read More

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोट गर्न शनिबार बिहानदेखि बसेको बैठक विना निष्कर्ष टुङ्गिएको हो । दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरि बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले जानकारी दिए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेका थिए । अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भट्टलाई समर्थन गरेका छन् । तर भाटले दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको रावलले रातोपाटीलाई जनाए । उनले…

Read More

काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीमा रहेकाे केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको हो । यही पुस १८ र १९ गते जसपाले राजनीतिक समितिको बैठक बोलाएको छ । त्यही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो । बैठकमा चुनावको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि…

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलिदेखि जाडो बिदा दिने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा हुने भएको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले बिदाको समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

Read More

काठमाण्डाै – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिग कप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ मा रहेकाे जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले…

Read More