Author: Dipak Dhamala

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीब्रता दिएको छ ।   मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिवार छलफल गरेको छ । लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद्…

Read More

धनगढी – धनगढीका पत्रकार टेकसिंह धामीलाई टाउकाे फुटाइदिने धम्की दिने नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थी थुनामुक्त भएका छन् । शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघका प्रदेश अध्यक्ष याेगेश रावल, जिल्ला अध्यक्ष हिमालय जाेशीसमेतका पत्रकार र नेवि संघका अध्यक्ष मनिष कुँवरसहितका नेताहरूकाे छलफलमा अवस्थीले गल्ति गरेकाे भन्दै माफी मागेपछि थुनामुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार पत्रकार महासंघ कैलालीका अध्यक्ष जाेशीकाे रहाेबरमा लिखित रूपमा समेत अवस्थीले माफी माग्दै उप्रान्त धाक, धम्की तथा पत्रकार धामीलाई क्षति कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएका छन् ।धामी सम्पादक रहेको महेन्द्रनगर पाेष्टमा कैलाली बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नेवि संघकाे धम्की सम्बन्धि प्रकाशित समाचारलाई लिएर…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको छ । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उहाँले प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको हो । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । हिजो बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताउनुभयो । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ  अवलोकन गर्न जना लागेका हुन् ।

Read More

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज…

Read More

काठमाडौं – आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् । नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने वर्ल्ड नेवा अर्गनाइजेशनले जनाएको छ । यस्तै वर्ल्ड नेवा अर्गनाइजेशनले नेपाली समय अनुसार आज बेलुकी साढे ७ बजे विभिन्न देशमा रहेका नेवारहरुको सहभागितामा अन्तरक्रिया गर्न लागेको छ । काठमाण्डौ उपत्यका मूल थलो भएका नेवार समुदाय…

Read More

काठमाडौं – राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो ।  अखिल क्रान्तिकारीले  निर्वाचन समितिमा लगाएको ताला शुक्रबार खोलिएसँगै निर्वाचनको मिति तोकिएको क्याम्पस प्रमुख लोकबहादुर बरालले जानकारी दिए । जसअनुसार उनले निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठलाई पत्राचार गर्दै स्थगित निर्वाचनका बाँकी सम्पूर्ण कार्यलाई सुरु गरेर मतदान सम्पन्न गर्न अनुरोध गरेका छन् । यसअघि चैत ५ मा विद्यार्थी संगठनको विवादका कारण अमृत क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । 

Read More

काठमाडौं – धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीमा एक गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया कल्पना विकको धामीझाँक्रीको भरमा पर्दा ज्यान गएको हो । घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी थिइन् । उनलाई अस्पताल पु-याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते…

Read More