Author: Dipak Dhamala

काठमाडौं : पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको प्यानलनै विजयी भएको छ।  सभापतिमा ज्योति पनेरु विजयी भएकी छन्। उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्। यस्तै सचिवमा नेविसंघकै भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन्। यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो।

Read More

धनगढी – कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। उनले घटनाको बारेमा अनुसन्धान गरीरहेको बताएका छन्।

Read More

कैलाली । कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । ३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी हुँदा अनेरास्ववियुकी वालिका पन्तले १५६ मत पाइन् । सचिवमा ३७७ मत सहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विमला कुमारी पन्त विजयी भइन् । सबै सदस्य नेविसंघका विजयी भएका हुन् ।

Read More

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेवि संघका भाबेस उपाध्यायले १०८ मत प्राप्त गरे । सचिवमा पनि अनेरास्ववियू क्रान्तिकारीकी पूजा विष्ट २४९ मत गरि विजयी भइन् । कोषाध्यक्षमा नेकपा एस निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी नियुसा खनाल २९९ मत सहित विजयी भइन् । सदस्यमा मनीषा भुल,प्रदीप प्रसाद न्यौपाने ,प्रकाश धमला,टीका बिसी र सुनिल नेपाली विजयी भएका छन् । सदस्यमा विमला बोहरा र सुनिल नेपालीको बराबरी मत आउँदा चिट्ठा मार्फत सुनिल नेपाली विजयी भएका थिए ।

Read More

काठमाण्डाै – देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने…

Read More

बार्सिलोना । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाउन सफल भएको छ । बार्साको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रियलले लिएको थियो । भिनिसियस जुनियरको क्रसलाई रोनाल्ड अरुहोले आफ्नै पोस्टमा छिराएपछि खेलको नवौँ मिनेटमा नै रियलले गोल गरेको थियो । तर, पहिलो हाफको अन्त्यमा सर्जी रोबर्टोले खेल बराबरी गरे । दोस्रो हाफमा मार्को असेन्सियोको अफसाइड भन्दै रद्द गरिएको थियो । त्यसपछि खेलको ९२ औँ मिनेटमा केइसीले गोल गर्दै बार्सालाई ३ अंक दिलाए…

Read More

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए  । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए  ।  प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।    संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए । प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सात जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । यसरी पार्टी परित्याग गर्नेहरुमा नेता भुमाण्डव केसी, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् । एकीकृत समाजवादी छाडेका भुमाण्डव केसी मेटमणि चौधरी मन्त्री हुँदा प्रमुख…

Read More

धनगढी: बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट २ बालबालिका बझाङको छन्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।  अत्तरिया बसपार्क नजिकै एक होटलमा अलपत्र अवस्थामा भेटिएका ति बालबालिकाको उद्दार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए। उनले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्दार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताएका छन्। उद्दार गरिएका ति बालबालिकाले आफू आमासंगै आएको प्रहरी समक्ष बयान दिएका छन्। उनीहरुले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बरालले बताए।  उनका अनुसार अत्तरिया बसपार्क नजिकै रहेको राउला…

Read More