Author: Dipak Dhamala

काठमाडौँ ।  प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र  हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ ।  यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।  

Read More

काठमाण्डाै – राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिँदै छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाण्डौको एक होटलमा अन्तिम नतिजा सार्वजनिक गर्न लागिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी…

Read More

 काठमाडाैं – रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनले लामाे समय रेडियाे नेपालमा समाचार वाचककाे रूपमा काम गरेकी थिइन् । उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

Read More

पाेखरा- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ। नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो।बिहान ११ बजे बैठक बसेर समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता एवम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए। ‘समर्थन फिर्ता लिने काठमाडौँबाट खबर आयो। सबै साथी बैठक बस्नलाई तयार छन्। आज बैठक बस्छाैँ’, उनले भने। गण्डकी प्रदेशसभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ। माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ।…

Read More

काठमाडौं – कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। कर्णालीलाई विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीहरू सम्मानित भएका छन्। सन् २०२१ मा भारतको सिक्किममा सम्पन्न स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद दुईलाख र गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाण्डौमा भएको साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता…

Read More

काठमाण्डाै – घरेलु टोली बङ्लादेशले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ । तीन खेलको शृङ्खला बङ्लादेशले २–० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेशले १३ ओभर १ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । बङ्लादेशका लिटन दास ५० रनमा र कप्तान तमिम इकबाल ४१ रनमा अविजित रहे । योसँगै बङ्लादेशले टेस्ट, टी–२० र एकदिवसीय कुनै पनि अन्तर्राष्ट्रिय खेलमा १० विकेटको जित हात पारेको पहिलो पटक हो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड २८ ओभर १ बलमा १ सय १ रनमा अलआउट भएको थियो । आयरल्यान्डका कर्टिस…

Read More

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना…

Read More

काठमाडौँ – शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा (शुक्रवार) उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । ५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा…

Read More

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।  नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।  गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ । यद्यपि सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल…

Read More

काठमाडौं – किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीद्धारा रेडियो बेलौरीका स्टेशन म्यानेजर हिक्मत शाही सम्मानित भएका छन् । लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी हिक्मत कुमार शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९ कार्यक्रमका दिन सम्मानित भएकाो सहकारीले जनाएको छ । शाहीले रेडियो पत्रकारीताबाट सहकारीको हकहितमा तड्कालो आवाज उठाउदै आम नागरिक र किसालाई सूसुचित गरेको भन्दै सम्मानित गरेको जनाइएको छ । सम्मानित हुने पत्रकार शाहीले आफुलाई अमुल्य सम्मान र मायाको चिनो प्रदान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै यसले काम गर्न थप हौसला प्रदान भएको बताए । शाहीले जय सहकारी भन्दै शाखा प्रमुख बिरेन्द्र जैशीलाई विशेष धन्यवाद समेत ज्ञापन…

Read More