Author: Dipak Dhamala

काठमाण्डाै – उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । उपराष्ट्रपतिका पदका लागि तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ । सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झाबीच प्रतिस्पर्धा हुनेछ । जसपाकै उम्मेदवार प्रमिलाकुमारीले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति चुनावमा सङ्घीय संसद्का सदस्यले रातो मसी…

Read More

काठमाडौं – सेती नदीमा हाम फालेर आत्महत्याको प्रयास गर्ने एकजनालाई प्रहरीले उद्धार गरेको छ। शिखर नगरपालिका स्थित सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका ४६ वर्षीय पुरुषको उद्धार गरिएको हो । डडेल्धुराको गन्यापधुरा गाउँपालिका निवासी ४६ वर्षीय रमित (नाम परिवर्तन)ले बिहीबार नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या गर्छु भन्दै मोटरसाइकल सडकमा छाडेर नदीको किनारतिर लागेपछि स्थानीय शेर बहादुर बोगटीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक रूप सिंह थापाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । नदीमा हामफाल्ने तयारीमा रहेका रमितको बगरबाट उद्धार गरिएको प्रहरी नायव निरीक्षक थापाले बताए।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् । ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ । यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ । ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए…

Read More

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।   राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो । उहाँले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’ नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् ।  खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १  राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्ने तयारीमा छ ।

Read More

काठमाडाैँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ  गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ ।  नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।  

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ । आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ ।  प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले हेरिरहेको जानकारी दिए । ह्यक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माको भनाइ छ ।  

Read More

 औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको स्तरोन्नतिलाई पनि गति दिइएको छ। लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको सङ्क्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय जाँचका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट डिआरटिबी एक्सपोर्ट सेवा सुरु गरिएको छ। ‘डिआरटिबी एक्सपोर्ट सेवा नहुँदा सुदूरपश्चिमबाट नमूना सङ्कलन गरेर काठमाडौँ जाँच गराउनुपर्ने अवस्था थियो,’ क्षयरोग नियन्त्रण कार्यक्रम सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद भुसालले भने ‘डिआरटिबी एक्सपोर्ट डिआर सेवा सुरु भएपछि अब बिरामीले छरितो सेवा पाउनेछन्।’  डडेल्धुरामा दुई महिनाअघि उक्त सेवा विस्तार गरिएको जनाउँदै क्षयरोग नियन्त्रण सुदूरपश्चिमका सम्पर्क…

Read More

काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । हिजो बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले निकालेको विज्ञप्तिमा उल्लेख छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२…

Read More