Author: Dipak Dhamala

सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ । ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आउनुभएको छ । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गर्नुभएको हो । मस्कले आफ्नाे ट्विटर ह्याण्डलमा एक तस्बिर(कार्टुन) राखेर यसबारे जानकारी पनि गराउनुभएकाे छ । चराकाे लाेगाे पुरानाे भएकाले नयाँ लाेगाे प्रयाेग गरिएकाे त्याे कार्टुनले देखाउँछ । झण्डै ४४…

Read More

काठमाण्डाै – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ । हिसाब भने भरतपुर महानगरपालिकाले फरफारक…

Read More

धनगढी । सुदूरपश्चिमका स्थानीय सरकार प्रमुखले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले प्रदेश सरकार भ्रष्ट रहेको आरोप लगाएका हुन् । उनीहरुले प्रदेश र संघीय सरकारले स्थानीय तहको अस्तित्व समेत स्वीकार्न नसकेको बताउदै समन्वय र सहकार्यको समेत अभाव देखिएको बताए । कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले प्रदेश सरकारले योजना खरिदबिक्री गरेको आरोप लगाए ।

Read More

धनगढी । कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जनालाई पक्राउ गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा भेटिएका ७ सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए । त्रिनगरस्थित तिल्केतालबाट ६५० मिलीग्रामसहित ईश्वर साउद, टीकापुर नगरपालिका–१ बाट ११० मिलिग्रामसहित २२ वर्षीय शिशिर चौधरी र ४ ग्राम ८८० मिलीग्रामसहित भारतको तिकुनिया बस्ने २० वर्षीय सतिश रानालाई समेत पक्राउ गरिएको उनले बताए । प्रहरी निरीक्षक साउँदकाअनुसार धनगढी उपमहानगरपलिका–३ को फिस…

Read More

धनगढी । धनगढीमा गएराति मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत त्रिनगर भन्सार नजिकै राति करीब ८ बजेतिर त्रिनगर भन्सार अगाडि से ६ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको माया मेटो अस्पतालमा उपचार भइरहेको छ तर उनको परिचय खुलेको छैन ।

Read More

प्रदेश सरकार र स्थानीय सरकार बिच सहकार्य र सहअस्तित्व व्यबहारमै कायम गर्न सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणपूर्व प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग आगामी बजेटका विषयमा छलफल गरेको छ। सरकारले पहिलोपटक सुदूरपश्चिमका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला गरेर बजेटमा समेट्नुपर्ने योजना र कार्यक्रम बारे छलफल गर्नुका साथै आवश्यक सुझाव माग्न पूर्व बजेट छलफल गरेको हो। स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहसँग सहकार्य गर्न प्रयास गरेको बताएका छन्। बिगतमा प्रदेश सरकारले वार्षिक बजेट बनाउँदा  र योजना तर्जुमा गर्दा स्थानीय सरकारलाई उपेक्षा गर्ने काम हुने गरेको भए पनि यो…

Read More

काठमाण्डाै – आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ । दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । उहाँले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक…

Read More

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ ।  आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो ।  चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

Read More

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ । लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो । २१८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्रै बनायो । पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो भने चेन्नई गुजरात जायन्ट्ससँग पराजित भएको थियो ।

Read More

काठमाडौँ । आज दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

Read More