Author: Dipak Dhamala

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । उनले भने, “स्थानीय तहले सकेसम्म चाँडो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा…

Read More

काठमाण्डाै – बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बङ्लादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेमा बङ्लादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अङ्क जोडेर शीर्ष स्थानमा छ । आज बराबरी खेले पनि भारत फाइनल पुग्नेछ । ढाकामा रहेको वीर श्रेष्ठ शहीद…

Read More

जुम्ला – जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो । गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाकाे जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने भएको छ। पार्टीको उच्च स्रोतले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दियो। यता, उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि आफूहरूको समर्थन गरेको सरकारलाई विश्वासको मत दिइने जानकारी दिए। सरकारले आफ्ना माग र मुद्दाहरुलाई सकारात्मक रुपले लिइरहेको र ती कुराहरु पूरा गर्नुपर्ने पनि उनको भनाई छ। यसअघि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा विश्वासको मत दिने/नदिने बारे निर्णय नगर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन अन्योल तथा ढिलाई भएको थियो। तर, उन्मुक्तिले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री रावलले भोलि प्रदेश सभामा मत लिने भएका छन्। यहाँ ७ जना…

Read More

काठमाडौं – रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपन/जजमेन्ट’ अवस्थाका छन्। तीनवटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ। जुन आपराधिक प्रकृतिको रहेको जानकार बताउँछन्। मुद्दाको विवरणमा लामिछानेको ठेगाना क्यालिफोर्नियाको पार्कभिल्ले उल्लेख छ। यी मुद्दा लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको मिति आसपासदेखि पछिसम्मका छन्। डिस्कोभर बैंकले सन् २०१९ जनवरी २५ मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा ‘ओपन’ अवस्थाको हो।  रेनहर्ट फुड सर्भिस एलएलसीले रुचि आई एलएलसीलाई हालेका दुई मुद्दामा लामिछाने जोडिएको देखिन्छ। जुन ‘ओपनरजजमेन्ट’ अवस्थामा छन्। टाउसन जिल्ला अदालतमै सन् २०१८ जुन…

Read More

काठमाण्डाै – राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज न्यु डायमण्ड स्पाेर्ट्स क्लब र विभागीय टोली एपीएफ खेल्दैछन् । न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने एपीएफ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । न्यु डायमण्डले ३ खेलमा ९ अङ्क र एपीएफले ३ खेलमा ६ अङ्क जोडेका छन् । यस्तै तेस्रो स्थानका लागि पनि आजै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा चलिरहेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो । जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो । पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ –’यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई…

Read More

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरूको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । सात दिनसम्म चलेको तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू हिमाल दाहाल, सञ्जय महर्जन, खेलबिज्ञ रिता प्रजापति, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध विषयको प्रशिक्षण प्रदान गरेका थिए ।

Read More

काठमाडौँ – आज दिउँसो  प्रदेश एक, बागमती, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

अछाम – पाँचौं साँफेबगर महोत्सव भोलीबाट सुरु हुने भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ भोलीबाट महोत्वस सुरु हुन लागेको छ । महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले उद्घाटन गर्न कार्यक्रम रहेको छ । महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरले जिल्लाका कला संस्कृति स्थानीय उत्पादनको प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरीएको जानकारी दिनुभयो । समितिका सह–संयोजक रामबहादुर कुँवरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बतानुभयो । महोत्सवका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक…

Read More