Author: Dipak Dhamala

काठमाडौँ । सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो ।  पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्रालयमा वार्ता जारी छ । वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट सङ्घर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका थिए । बिहीबारको वार्तामा सङ्घर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो ।  आज त्यसमा छलफल गरी निचोड निकाल्ने बताइएको छ । महोत्तरीबाट पैदल हिँड्दै काठमाडौँ आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन…

Read More

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदै छन् । दुई दिनअघि शर्माले विश्वासको मतका लागि व्यवस्था मिलाइदिन आग्रहसहित प्रदेशसभासमक्ष निवेदन दिएका थिए । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए । यहाँ माओवादी-एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।

Read More

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो । पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो । अभियोगबारे थप विवरण खुलिनसकेको बीबीसीले जनाएको छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने खबरमा उल्लेख छ । ट्रम्पले…

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका विभिन्न सहरमा हुनेछ । कोराेना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । यसपटक १० टोली सहभागी छन् । सहभागी सबै टोलीले तयारी पूरा गरेका छन् । ५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेल हुनेछन् । हरेक टोलीले १४…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको मात्रै नाम रहेको छ । यस्तै, तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्माको नाम सार्वजनिक गरिएको छ भने बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम समावेश छ । रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय…

Read More

काठमाण्डाै – प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक/एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो । भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

Read More

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।  आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ(आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गरेका छन् ।  एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

Read More

काठमाण्डाै – सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जितेको छ । विराटनगरको शहीद रङ्गशालामा हिजो भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो । विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एक/एक गोल गरे । विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७९औँ मिनेटमा विमलले, ९०औँ मेसुकेले र खेलकाे इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाएका हुन् । च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको…

Read More

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ।  आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ ।  भोलि भने देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ ।  परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो । सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र…

Read More