Author: Dipak Dhamala

सुदूरपश्चिममा मुख्य प्रतिस्पर्धी विद्यार्थी संगठनहरू अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले स्ववियु सभापतिमा महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । ठूला संगठनमध्ये अनेरास्ववियुले मात्र जित्ने सम्भावना भएको क्याम्पसमा महिला उम्मेदवार बनाएको छ । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनममा लम्की बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुको तर्फबाट कल्पना तिमिल्सेना उम्मेदवार बनेकी छिन् । त्यसबाहेक ठूला संगठनले कतै पनि महिलालाई नेतृत्वमा उम्मेदवार बनाएका छैनन् । निर्वाचनका लागि महिला उम्मेदवारको सहभागिता कम भएको गुनासो छात्रा नेतृहरूले गरेका छन् । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि छात्रहरू मात्र उम्मेदवार हुँदा स्ववियु चुनावमा त्यो वातावरण बन्न नसकेको उनीहरूको गुनासो छ…

Read More

कैलाली – कैलालीको चुरे गाउँपालिकाले सडक बत्ती र क्यामेरा जडान गरेको छ । वडा नम्बर ५ को मिलन चोकदेखि निङलाडी पुलसम्म बजार क्षेत्रमा सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष चक्र बोगटीले जानकारी दिए । उनकाअनुसार सुरक्षाका लागि क्यामेरा जडान गरिएको हो । सीसीटीभी क्यामेराको रिमोट भने अस्थायी प्रहरी योष्ट खानिडाँडालाई हस्तान्तरण गरिएको छ ।

Read More

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक संघीयताको अभ्यास गरेकाले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा अभ्यस्त भई सुधार हुँदै जाने विश्वास व्यक्त गरे । निवर्तमान मुख्यमन्त्री रावलले भने, ‘संघले अधिकार दिन अझै आनाकानी गरिरहेको छ, प्रदेश प्रहरी र प्रशासनिक संयन्त्रमा उसकै नियन्त्रण कायमै छ । संघीयता कार्यान्यनको सन्दर्भमा तीनै तहले मानसिकता बदल्न जरुरी छ ।’ नेकपा एमालेका पोलिटब्यूरो सदस्य रावलले देशमा ३ तहको सरकारको अभ्यास हुने अवसर प्राप्त हुने विषय मात्रै पनि नेपाल र…

Read More

धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि नेकपा एमाले निकट अनेरास्ववियुबाट यमराज जोशी उम्मेदवार बनेका छन्। हिजो जोशीलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएर आज मनोनयन गर्ने तयारी भैरहेको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। सभापतिबाहेक अन्य पदमा भने आजै टुंगो लगाइने जनाइएको छ। चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मनोनयन हुँदै छ। विद्यार्थीमाझ लोकप्रिय रहेका जोशीले कैलाली बहुमुखी क्याम्पसको सुदृढीकरण, विद्यार्थीको हकहित, प्रशासन र व्यवस्थापन सुधार लगायतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

Read More

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचक्र्याइँ गर्ने ९ सुरक्षा अधिकारी कारवाहीमा पर्ने भएका छन् । गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी भएको थियो । पञ्जाब चुनाव प्रचारमा जाँदा किसानको भीडले सडकमा अवरोध गरेको थियो । प्रधानमन्त्री मोदीको यात्रा करीब २० मिनेटसम्म रोकिएको थियो । त्यतिबेला पञ्जाबमा भारतीय कांग्रेस नेतृत्वको सरकार थियो । घटनामा मुख्यसचिव अनिरुद्र तिवारी, डीजीपी एस चट्टोपाध्याय, एसएसपी हरमनदीप सिंह, डिप्टी आईजी सुरजीतसिंहलाई दोषी देखाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामाथि छानबिन गर्न सर्वाेच्च अदालतले अवकाशप्राप्त न्यायाधीश ईन्दु मल्होत्राको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो । छानबिन टोलीले प्रतिवेदन बुझाइसकेको छ । रिपोर्टका आधारमा…

Read More

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ । गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलेको थियो । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी…

Read More

काठमाडौँ । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए। दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ। कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ। गत शुक्रबार बसेको…

Read More

इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरको जित तथा समग्रमा ८–१ गोलसँगै सिटी अन्तिम आठमा पुगेको हो । यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । घरेलु मैदान इतिहादमा गएराती भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि एक÷एक गोल गरे । पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा…

Read More

काठमाण्डाै – उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ । उपराष्ट्रपति पदका लागि पर्सि ३ गते मतदान हुँदैछ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ…

Read More

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। बैठकमा उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Read More