Author: Dipak Dhamala

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ । बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।

Read More

धनगढी- प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ मनोनयन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। सुप इन्टरटेन्मेन्ट प्रालिले बिहीबार धनगढीको लोटस क्याफेमा उक्त कार्यक्रमको आयोजना गरेको हो। अनुपचन्द ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ डेउडा गायक नरेन्द्र राज रेग्मी रहेका थिए। मनोनयन हुनेमा १) सर्बोत्कृष्ट मौलिक भाषाभाषी गायन पुरुषक) महेश कुमार आउजीख) लाल बहादुर धामीग) राज चौधरीघ) रामशिलाल डोटीङ) प्रेमशकंर राना २) सर्बोत्कृष्ट भाषाभाषी गायन पुरुष क) सुर्य बिरही साउंदख) उमेश मुस्कानग) अम्मर सिंह रानाघ) कमल कुमार परियारङ) एके चौधरी ३) सर्बोत्कृष्ट देउडा गायन पुरुष क) बिरेन्द्र कुँवरख) कर्ण बोगटीग) धर्म राज जनालाघ) तेज तिखातरीङ)जगत…

Read More

धनगढी – त्रिनगर भन्सार नाकामा स्थापना गरिएको हेल्थ डेस्कको स्टोरमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ । शुक्रबार बिहान कञ्चनुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित हेल्थ डेस्कको स्टोरमा आगलागी हुँदा करीब दुई लाख रुपैयाँ बराबरको औषधी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले आगलागीबाट स्टोरमा भण्डारण गरेर राखिएको दुई लाख रुपैयाँ बराबरको औषधी जलेर नष्ट भएको जानकारी दिए । आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

डोटी – डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ। जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्। असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।

Read More

निर्वाचन आचारसंहितका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक प्रभावित बनेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको थियो । तर, निर्वाचन आयोगले आचारसंहिताबारे ख्याल गर्न दलहरुलाई सचेत गराएसँगै रास्वपाको पूर्वनिर्धारित बैठक नबस्ने  भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान हुने भएपनि रास्वपा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगेको छैन । अब नेताहरुबीच अनौपचारिक छलफल गरेर सोही अनुसार अघि बढ्ने तयारीमा पार्टी छ । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो । 

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे  पार्टी कार्यालय बसुन्धारमा  बैठक बस्न लागेको हो । शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र  जनमतकी ममता झा  उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । रास्वपाले पुरुष उम्मेदवारलाई मत दिने बताइसकेको छ ।  रास्वपालेले उपराष्ट्रपतिमा रामसहायलाई मत नदिने जवाफ पठाएको छ ।रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई…

Read More

काठमाडौं – आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले आज हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । यसअघि फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि सांसदहरुले पनि कसैको पक्षमा मतदान गरेनन् । राप्रपाका १४ संघीय र २८ प्रदेशसभा सदस्य रहेका छन् ।

Read More

काठमाण्डाै – शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । मच्छिन्द्र ४ खेलमा ४ अङ्कका साथ १२औँ स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो साढे २ बजे नै खेल हुनेछ । थ्री स्टार ४ खेलमा ७ अङ्कका साथ छैटौँ र समान खेलमा समान ७ अङ्क…

Read More

काठमाण्डाै – लिजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्सलाई २० रनले हराउँदै वर्ल्ड जायन्ट्स फाइनलमा पुगेको छ । जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ ओभर १ बलमा १ सय ३० रनमा अलआउट भयो । यो खेलमा पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए । एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ३७ रन बनाए । शाहिद अफ्रिदीले २६ रन जोडे । जायन्ट्सका टिनो बेस्टस र क्रिस मफ्पुले समान ३ विकेट लिए । ब्रेट ली र स्मित पटेलले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट…

Read More

काठमाण्डाै – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताउनुभयो । उहाँले त्रिविअन्तर्गतका सबै क्याम्पसमा…

Read More