काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।
Author: Saru Shrestha
झलारी -शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन गरिएको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली अतिरिक्त कक्षाहरुको अनुगमन गरेका हुन्। शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए। उनका अनुसार बैजनाथ मावि कसरौल, कृष्ण मावि सिमलफाँटा र धर्म जनता मावि स्टेशनपुरमा सञ्चालित अतिरिक्त कक्षाको अनुगमन गरिएको थियो। ‘अतिरिक्त कक्षामा लक्षित विद्यार्थी भन्दा कम भेटिए,’ उनले भने, ‘विद्यार्थीको संख्या बढाउन विद्यालयका प्रधानाध्यापकलाई अभिभावकसँग कुरा गर्न निर्देशन दिएका छौं।’ शुक्लाफाँटाका १३ विद्यालयमा एसईईका अतिरिक्त कक्षा सञ्चालनमा छन्। एसईईमा उत्कृष्ट नतिजा ल्याउने उदेश्यले अतिरिक्त कक्षाहरु भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए। ‘सबै सामुदायिक विद्यालयहरुमा गणित, विज्ञान…
काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
काठमाडौँ – चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्व ब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए । नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ । भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैंकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए । भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी…
काठमाडौँ – मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत…
काठमाडौँ – सभामुख देवराज घिमिरेले बहराइनमा यही फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिने भएका छन्। उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी…
धनगढी – धनगढीमा भर्खरै माेटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढीको एलएन चाेकमा सुपप्र ०१ ०१०प ४१२० नम्बरकाे माेटरसाइकल र से ५ प २७७ नम्बरकाे माेटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाना एक युवती र २ युवा घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी रहेकाे छ। दुर्घटना ८ बजेर ४० मिनेट मा भएको हो। घाइतेहरु तीनै जनालाई उपचारका लागि सेती अस्पताल लगिएको छ।
धनगढी – कैलालीको जोशीपुर गाउँपालिका वाड नं ७ का वडा अध्यक्ष बमबहादुर शाहले आफ्नै डेढ लाख लगानीमा वडाकै दृष्टिविहीन जङ्गबहादुर चौधरीको घर निर्माण गरिदिएका छन्। दृष्टिविहीन जङ्गबहादुरकी श्रीमती पनि अपाङ्ग रहेको र उनलाई आवासको समस्या रहेकाले आफ्नो खर्चमा घर निर्माण गरिदिएका हुन्। घरमा अरु कोही नभएका जङ्गबहादुर विगत लामो समयदेखि खरले छाएको सानो झुपडीमा बस्दै आएका थिए। घर अत्यन्त जीर्ण बन्दै गएको र उनीहरूले घर बनाउन सक्ने स्थिति नभएका कारण अध्यक्ष शाहले आफ्नै सेवा सुविधाबाट आउने रकमले घर बनाएर हिजो एक कार्यक्रमका चाबीसहित हस्तान्तरण गरेका छन् । चुनावका बेला गरेको बाचा वडा अध्यक्ष शाहले पुरा गरिरहेका छन्। अध्यक्ष शाह नेकपा…
काठमाडौँ – जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यस क्रममा एक विशिष्ट व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि दिने गरिन्छ । मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो । त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।…
धनगढी – धनगढीमा होली पर्वमा होहल्ला तथा मदिरा सेवन गरेर अभद्र व्यवहार प्रदर्शन गर्ने एक दर्जन मानिसलाई नियन्त्रणमा लिइएको छ। धनगढीका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मदिरा सेवन गरेर हल्ला गर्ने, अभद्र व्यवहार देखाउने ‘ट्यापेहरु’लाई नियन्त्रणमा लिइएको र सम्झाइबुझाई गरेर छाडिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। माहोल शान्त पार्न मात्र उनीहरुलाई समातिएको प्रहरीको भनाई छ। प्रहरीको होली विशेष सुरक्षा योजना कैलालीमा सफल बनेको जिल्ला प्रहरी कार्यालय कैलालीको दाबी छ।