Author: Saru Shrestha

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् । ‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने विषयहरु थुप्रै भएको बताएका छन् । समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा…

Read More

काठमाडौँ – सरकारले सिंहदरवार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन साहसँग आवश्यक छलफल गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन साहले सिंहदरवार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर साहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् । मेयर बालेन शाहले शनिबार सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।

Read More

काठमाडौं – सुर्मादेवी बझाङी समाज धनगढीले नयाँ वर्षको अवसरमा विशु मिलन, शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम गर्ने भएको छ । २०८० साललाई विविध सांगीतिक कार्यक्रम गर्दै स्वागत गरिने समाजले जनाएको छ । ‘नेपाली नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो आफ्नै पौरणीक परम्परा रहेको छ । हामी नयाँ वर्षको दिनलाई विशु पर्वका रूपमा लिन्छौं । देउडा खेल्दै विभिन्न कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो परम्परा हो । सोही अनुरुप नै हामीले विशु मिलन कार्यक्रमको आयोजना गर्न लागेका हौं,’ समाजका सचिव मोहन भण्डारीले भने । कार्यक्रममा कलाकारहरू ममता थामी, जयराज जोशी, हरिना जप्रेल, निर्मला विष्ट र दानबहादुर एडीलगायतको प्रस्तुती रहने उनले बताए…

Read More

काठमाडौँ – ललितपुर जिल्ला अदालतले नाबालिकालाई बलात्कार गरेको अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय सुनाइएको छ । चौटतमाथि आफ्नो संरक्षणमा रहेकी बालिकालाई बारम्बार बलात्कार गरेको अभियोग लागेको थियो । चैत १५ गते जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले चौटतलाई बलात्कार मुद्दा दोषी ठहर गरेकी थिइन् । आज चौटतलाई १८ वर्ष एक महिनाको कैद सजाय र त्यस्तै, आठ लाख क्षतिपूर्ति दिन फैसला भएको हो ।

Read More

धनगढी – नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ । महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो । जिल्लाको १० औं बैठकले बैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरि जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए । पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीको १ मा जिल्लाकी कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नम्बर…

Read More

सोलुखुम्बु – एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन् । घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका(२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण…

Read More

काठमाडौँ – प्रहरीले कुलेश्वरस्थित महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाजलाई पक्राउ गरेको छ । म्याद गुज्रेको खाद्य सामग्रीमा ‘रि लेबलिङ’ गरेर बेचेको आरोपमा प्रहरीले ट्रेडर्सका सञ्चालक बजाजलाई पक्राउ गरेको हो । सञ्चालक बजाजलाई दालचिनी, काजु, बदाम, ल्याङ र किसमिस जस्ता म्याद गुज्रेका सामान रि प्याकिङ गरेर बेचेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले उक्त गोदामबाट रि लेबलिङ गरेर बजार पठाउन लागेको करिब १ करोड ३० लाखको सामान बरामद गरेको छ ।

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धन प्राप्त क्याम्पसलाई वैशाख मशान्तभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पसर कलेजहरु मध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी सोधेको हो । सूचनामा भनिएको छ, ‘उक्त कलेजहरुलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने सम्बन्धमा कुनै मनासिब कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरुमा निवेदन दिन सूचित गरिन्छ ।’ विभिन्न संकाय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पसरकलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान प्रक्रियाका दौरान गरेका लापरबाहीबारे दोस्रो स्पष्टीकरण सोधेको छ । यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले बताए । उनका अनुसार मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ । नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । काठमाडौं-दुवई…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडि जिल्लाका रहेको जनाएको छ ।

Read More