Author: Saru Shrestha

बैतडी – बैतडीमा पहिलो पटक स्थानीय भाषामा पाठ्यक्रम तयार पारिएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरेर स्थानीय पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म स्थानीय भाषा अर्थात ‘डोटेली’ भाषामा पाठ्यक्रम तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए। पाठ्यक्रममा स्थानीय भाषा, भेषभुषा, कला संस्कृति, धार्मिक तथा पर्यटकीय क्षेत्रका बिषयमा समेटिएको उनले बताए। नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र संघीय सांसद दामोदर भण्डारीले संयुक्त रुपमा पाठ्यक्रम सार्वजनिक गरेका हुन्। स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने भएकाले पाठ्यक्रम तयार पारिएको हो।

Read More

दाङ – नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आज शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरे । टीकापुर घटनामा पीडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए ।

Read More

काठमाडौँ – सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरूको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न…

Read More

कैलाली – बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो । बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।  शुक्रबार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो । पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र…

Read More

धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका–४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् ।  काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका–१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको…

Read More

तनहुँ – नेपाली काँग्रेस भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ। नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखामा लामो समयदेखि विभेदकारी शैली, अनियमितता र मनपरी हर्कत देखिएको भन्दै काँग्रेस नगर कार्य समिति भिमादले तालाबन्दी गरेको हो । शक्ति र सत्ताको आडमा मनपरी गर्नेका विरुद्धमा उभिँदै त्रुटि सच्याउनका लागि दबाब स्वरूप शिक्षा शाखामा तालाबन्दी गरेको बताइएको छ ।

Read More

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । जङ्गी अड्‌डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिबारे जानकारी गराएका थिए । रक्षामन्त्री खड्काले नेपाली सेना सधैँ नेपाली जनताको शिर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था भएको प्रशंसा गर्दै देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरूपको सन्तुलित व्यवहार गर्न जरुरी रहेको बताए । वर्षौँदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न विपद् प्रतिकार्य…

Read More

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरूको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन पार्टीका ३४ विभागका प्रमुखलाई बोलाए छलफल गर्न लागेका हुन् ।

Read More