Author: Saru Shrestha

काठमाडौँ – जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न पनि जनमत पार्टीले आफ्ना सांसदलाई सर्कुलर गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा पार्टीका सदस्यहरूका लागि जनमत पार्टीले तयार पारेको आचारसंहितामा यी कुरा उल्लेख छन् । जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक कुमार साहले सो आचारसंहिताको मस्यौदा तयार गरी पार्टीलाई बुझाएका छन् । आचारसंहितामा सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने पनि उल्लेख छ । आचारसंहिताको बारेमा कार्यकारिणी समितिमा छलफलपछि मात्र कार्यान्वयनमा आउने उपाध्यक्ष साहले बताए । कुनै…

Read More

काठमाडौँ – नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौँबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ । करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फूलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् ।…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारका साथै सभामुख चयनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा सक्रियता देखाएका प्रचण्डले सम्भवतः सोमबार नयाँ मन्त्री थप्ने बताइएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषषदमा १८ मन्त्रालयले मन्त्री पाउन बाँकी छ । प्रचण्डले यसअघि गरेको मन्त्रिपरिषद् गठनका क्रममा ७ जना मन्त्री भएका थिए । जसमा तीन जनाले उपप्रधानमन्त्री र मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् भने…

Read More

काठमाडौँ – यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र आज सङ्कलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार पहिचान नभएका शवको डिएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डिएनए भोलि नै काठमाडौँ पठाइने उनले बताए । ६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

Read More

काठमाडौं – चिनियाँ राजदुतले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको टविटरमार्फत उल्लेख गदैै दुःख ब्यक्त गरेका हुन । उनले टविट गर्दैै भनेका छन, ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’ यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६४ जनाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Read More

जुम्ला – जुम्लाको तातोपानी गाँउपालिका-६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ । पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन् । त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताएकी हुन्। “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उनले भनिन्। आर्थिक…

Read More

बैतडी – बैतडी घरभएका वरिष्ठ लोक डेउडा गायक महेश कुमार औजी सम्मानित भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका बिजुल घरभएका गायक औजी रारा म्युजिक अवार्ड २०७९ बाट सम्मानीत भएका हुन् । कर्णाली कलाकार समाज द्वारा आयोजीत अवार्ड वितरण कार्यक्रममा उनलाई गीत संगीतमा सर्वोत्कृष्ट कलाकारका रुपमा सम्मानीत गरिएको हो । यहि पौष २६ गते राष्ट्रिय सभागृह काठमाण्डौँमा राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा उनलाई सम्मानीत गरिएको हो । गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेकाछन् । अनिता एइबिराना देश मत, कलेजी कटौन्या माया लगायतका थुप्रै चर्चित देउडा गीत गाएर आफनो…

Read More

काठमाडौँ – रोल्पा पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुन भएपछि हेलिकोप्टर मार्फत आएर ललितपुरको सुमेरु हस्पिटलमा उपचार सुरु गरेका छन् । जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रूपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो । नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टु सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए । गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीको रौतहट-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए । उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्पष्ट पारे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ । उनले संसद् विघटन गरिन्छ कि भन्ने आशङ्का जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले…

Read More