काठमाडौँ । सरकारले ढुङ्गा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुङ्गा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने उल्लेख छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमार्फत यस्तै घोषणा गर्दा विवाद भएको थियो। तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको हाल सत्तारुढ गठबन्धनले नै त्यस्तो नीतिको तीव्र आलोचना गरेका थिए। सर्वोच्च अदालतले यस्तो वस्तु निर्यात गर्ने नीति कार्यान्वयन गर्न रोक लगाएको थियो । सरकारले ढुङ्गा गिट्टी र बालुवाको उत्खननबारे कानुनी व्यवस्था गर्ने…
Author: Saru Shrestha
वैकल्पिक राजनीतिको ‘मार्ग परिवर्तन’ गरि हाल पूर्वपञ्चहरुको दल राप्रपामा रहेका पूर्वबीबीसीका पत्रकार रविन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयले हालै प्रकाशित गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मा उल्लेख राप्रपासँग सम्बन्धित प्रसङ्ग सत्य नभएको जिकिर गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलियो आधार नदेखाई अमेरिकी मन्त्रालयले सुनेकै भरमा नेपालबारे प्रतिवेदनमा लेखेको दाबीसमेत गरे । उक्त प्रतिवेदनमा भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समूहले नेपालका प्रभावशाली हिन्दुवादी नेताहरुलाई हिन्दु धर्मको पक्षमा बोल्न पैसा दिने गरेको जनाइएको छ । मिश्रले उक्त कुराको खण्डन गर्दै फेसबुकमा लेखेका छन्, ‘प्रतिवेदनले ती आरोपहरु पुष्टी हुने प्रमाण दिएको छैन, नागरिक समाजको भनाई आधारहीन कथनहरु…
काठमाडौं – सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् । नदी किनारामा रहेकाहरुको उचित स्थानमा स्थानान्तरण गरेर जग्गा खाली गर्ने राष्ट्रपति पौडेलले जानकारी दिए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वय र समुदायको सहभागितामा वनको संरक्षण, व्यवस्थापन र संवर्द्धन गरिने बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताएका हुन् । उनले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापन मार्फत काष्ठ र गैरकाष्ठ नवपैदावारको उत्पादन विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिने समेत बताएका छन् । निजी वनको प्रवर्द्धनका लागि निजी र साझेदारीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र आयातलाई निरुत्साहित गरिने उनले बताए…
काठमाडौं – सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् । साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए ।
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आफ्ना चालु खर्चहरू कटौती गर्ने भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरूमा हुने खर्च कटौती नियन्त्रण गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरू, निर्देशनालय र विभागमा विविध शीर्षकहरूमा हुने खर्च कटौती गर्न विभिन्न निर्णय गरेको छ । प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्नसमेत प्रतिबन्ध लगाएको उक्त परिपत्रमा उल्लेख गरिएको छ । तह १० र त्यस भन्दामाथिका पदाधिकारी एवम् कार्यालय प्रमुख आयोजना प्रमुखलाई अतिरिक्त समय भत्ता र खाजा खर्च पनि नदिनेसमेत प्राधिकरणले निर्णय गरेको छ…
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले पहिचान र अधिकारको माग गरिएको टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रश्न गरेका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै सांसद चौधरीले टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रधानमन्त्री प्रश्नलाई प्रश्न गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याए पनि सफल नभएको बताए । ‘रेशमलाल चौधरीको विषयमा यसअघि समेत अध्यादेश ल्याएर भए पनि छुटाउन प्रयास गरेकै हो । अदालतबाट जे जस्तो फैसला भए पनि कुनै न कुनै रूपमा आवाज उठाएकै हो । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा निक्कै गम्भीर छौँ । यसमा छिट्टै टुङ्गोमा पुग्ने छौँ’ प्रचण्डले…
बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले सञ्चालन गरेको क्लिनिक सिल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेको उक्त क्लिनिक गाउँपालिकाका प्रतिनिधि र प्रशासनको रोहबरमा उक्त क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।।पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएका थिए । क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको थियो भने स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो । उनी मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । यतिमात्रै होइन गैर…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नभएको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो कुनै बाध्यता नभएको बताएका छन् । उनले भने, ‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमै मा व्यवहारबाटै दिइसकेको छु ।’ उनले अघि भने, ‘भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहेको भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन । त्यो कुरा हामीले प्रमाणित…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणका क्रममा सीमा समस्याबारे कुरा उठाउने बताएका छन् । एमालेका सांसद रघुजी पन्तको प्रश्नको जवाफमा उनले एक इन्च भूमि पनि छाड्न नसक्ने र छिमेकीको भूमि पनि नचाहिने धारणा राखिने बताए । उनले भने,‘हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौँ । हामीलाई छिमेकीको एक इन्च जमिन चाहिँदैन,’ प्रचण्डले भने, ‘यो नीतिअन्तर्गत सबै नेपालका राजनीतिक दलहरू र यो सम्मानित सदन हामी एकमत नै छौँ । त्यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हित, एकता अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता र भ्रम पर्न नदिने बताए ।