Author: Nisha Shrestha

बैतडी – बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् । दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले…

Read More

काठमाडौँ – बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादुरा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा भएकामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने ५८ जनालाई होम आइसोलेसनमा राखिएको छ । अस्पताल र होम आइसोलेसनमा राखिएकासहित ६२ जना उपचाररत रहेको खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए । दादुराका बिरामी बढ्न थालेपछि खोप अभियान सञ्चालन गरिएको छ ।…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । सिंहदरवारमा प्रधानमन्त्री दाहाल र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएपछि भारत, चीन, अमेरिकालगायतका राजदूतहरूले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।

Read More

काठमाडौँ – बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्। बालुवाटारमा भएको छलफलमा गोरखा र धादिङबाट निर्वाचित सांसदहरू उपस्थित थिए। गत मंसिरमा भएको चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पनि गोरखा क्षेत्र नम्बर २ बाटै प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। गोरखा १ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँ र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित काँग्रेस सांसद रामनाथ अधिकारीलगायत उपस्थित छलफलमा प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना अघि बढाउन आवश्यक काम गर्न मुख्य सचिवलाई निर्देशन दिएका…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्रष्टा सम्मानीत भएका छन् । रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा नेपाली गीत संगीतमा योगदान पुर्‍याएका स्रष्टाहरुलाई राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो । वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन् ।

Read More

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Read More

चितवन – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशनदिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए । ‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए । उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन…

Read More

काठमाडौँ – प्रदेश नं १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा उनको मात्रै दाबी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । ओखलढुंगा प्रदेश सभा ख बाट निर्वाचित गौतमलाई सत्तापक्ष र प्रतिपक्षको समेत समेत समर्थन रहेको थियो । नवनिर्वाचित गौतमले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । उनी प्रदेश सभाको दोस्रो सभामुख हुन् । यसअघि २०७४ को निर्वाचनपछि एमालेका सांसद प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए ।

Read More

काठमाडौँ -नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । यसअघि तीन पटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

Read More

काठमाडौँ – सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३…

Read More