Author: Nisha Shrestha

कैलाली – कैलाली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी १७ दिने जेल बसाइपछि आइतबार रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि रिहा भएका हुन् । थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेवको बजगाईँको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी भयो । सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरे । अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई…

Read More

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ। संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन्। मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।

Read More

काठमाडौँ – बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमण गर्ने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौँ आउने छिन् । उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने छिन् । उक्त विद्युत् परियोजनामा बेलायतले…

Read More

काठमाडौँ- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूफमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास…

Read More

काठमाडौँ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार नीति तथा कार्यान्वयन सुझाव कार्यदल गठन गरेका छन्। कार्यदलमा सुनिलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कोमलराज पाण्डे, राजेन्द्रराज शर्मा, वीरेन्द्र पाण्डे र रोजी प्रधानाङ्ग सदस्य रहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य सचिव छन् ।

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् । आज (आइतबार) राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरूसँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावना अनुरूप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन् । उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने जानकारी गराइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्। आज राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन्। उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे। उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे। उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए। ‘अब सूचना प्रविधिभन्दा बाहिर कुनै…

Read More

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था मा पुगेको दाबी गरेका छन् । आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताए । सबै पद आफैँले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने जिकिर गरे । त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर…

Read More

काठमाडौँ – निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने छ । नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन्। तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नु पर्छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ। गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका…

Read More

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् । त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन । ओली सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।

Read More