Author: Nisha Shrestha

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो ।…

Read More

काठमाडौँ – सरकारले ‘जनयुद्ध’ दिवसका क्रममा दिएको सार्वजनिक बिदा विवादित बनेको छ। सत्ता साझेदार दलभित्रै आज दिइएको सार्वजनिक बिदाप्रति असन्तुष्टि प्रकट भइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार कुनै एक राजनीतिक दलको हिंसात्मक आन्दोलनलाई उत्सवका रूपमा मनाउनु दुर्भाग्य भनेको थियो। यस्ता सत्ता साझेदार अर्को दल एमालेका सांसदहरूले पनि बिदाका विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीका तर्फबाट एमालेले केही नबोले पनि एमालेका सांसदहरु भने सरकारको यो निर्णयप्रति बेखुसी देखिन्छन्। नेकपा एमालेका सांसद सूर्य थापाले ‘जनयुद्ध’ दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदालाई शासकीय अख्तियारको चरम दुरुपयोगका रूपमा टिप्पणी गरेका छन्। जनयुद्धका क्रममा ज्यान गुमाएका आफ्ना जेठा दाजु कृष्णबहादुर थापालाई स्मरण गर्दै उनले १७…

Read More

काठमाडौं – सेयर बजार सोमबार बन्द हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे । आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक गरिएको बताएका छन् । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए । उनले भने, ‘हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलनले यसको औचित्य सिद्धका गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र यसले ल्याएको परिवर्तन माओवादीको मात्रै नभएर समग्र राष्ट्र र…

Read More

स्वस्फूर्त रुपमा सडक क्षेत्रका घर तोडफोड गर्दै स्थानीय राम धामी साँदनी (डडेल्धुरा) – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली करिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वस्फूर्त रुपमा सडक क्षेत्रमा रहेका घरहरु भत्काउन थालेका छन् । अविलम्ब सडक निर्माणका लागि दबाब दिने उदेश्यले स्थानीयले सडक क्षेत्रमा रहेका घरहरु भत्काउन थालेका हुन । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित चौराहा बजारका घरधनीहरुले स्वस्फुर्त रुपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका छन । उनीहरुले बजार क्षेत्रका झण्डै दुई दर्जन घर भत्काएर सडक निर्माणका लागि दबाब दिईरहेको साँदनी बजार व्यवस्थापन समितिका सचिव प्रेम धामीले बताए ।…

Read More

– राम धामी डडेल्धुरा – खानेपानी योजना निर्माण भएको चार बर्षसम्म धारामा पानी नआउँदा अमरगढी नगरपालिका–६ स्थित छचोडा गाउँमा खानेपानीको चरम अभाव छ । चार वर्ष पहिले गाउँमा नयाँ धारा बनेका थिए । तर धारामा पानी सञ्चालन नै भएन । अहिले धारा जिर्ण बनेका छन । अमरगढी नगरपालिका–६ को छचोडागाउँ अमरगढी नगरपालिकाकै सबै भन्दा ठूलो गाउँ हो । ठूलो दलित वस्ती मानिने छचोडा गाउँमा खानेपानीको जहिल्यै अभाव हुने गरेको स्थानीयको गुनासो छ । २०७६ सालमा अमरगढी नगरपालिकाको करिब पाँच लाख रुपियाँ लागतमा गाउँमा १० वटा धारा बनाईएका थिए । २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाईन टंकीहरु पनि मर्मत गरेर खानेपानी…

Read More

काठमाडौं – भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने आश्वासन दिएका छन् । आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लयागतसँगको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् ।

Read More

धनगढी- अछामको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। आज (आइतवार) जिल्लाको तुर्माखाँद गाउँपालिकास्थित ८ नम्बरको वडा कार्यालयमा ताला लगाइएको हो। स्थानीयका अनुसार धमाली स्वास्थ चौकीमा कार्यरत अनमिलाई निलम्बन गरेपछि तालाबन्दी गरिएको हो। तालाबन्दी गर्नेहरुले झुटा आरोप लगाएर अनमीलाई निलम्बन गरेको फिर्ता बोलाउनुपर्ने माग राखेका छन्। हेर्नुस् सूचना

Read More

काठमाडौं – सत्ता साझेदारको बैठकमा चितवन क्षेत्र नं. २ मा यथाशीघ्र उपनिर्वाचन गरिनुपर्ने माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन् । मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पूर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ । नेपाली नागरिकता नलिई गत निर्वाचनमा…

Read More