Author: Nisha Shrestha

काठमाडौँ- सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक…

Read More

काठमाडौँ – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए। उनले भने, ‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढङ्गले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ । रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ। आज पनि कुराकानी भयो। उपर्युक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’ अध्यक्ष लिङ्देनले राष्ट्रपतिको…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । रास्वपा दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका हुन् । ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं। ९२०को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था…

Read More

काठमाडौं – सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ । निर्णयसहितः

Read More

काठमाडौं – नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको भनाइ छ । शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो । सहमतिपछि केही बेरपछि अस्पतालमा उपचार सेवा सुरू हुने जनाइएको छ ।

Read More

दाङ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभएको छ । उहाँले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताउनुभयो । पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गरी समय सान्दर्भिक बनाउने समेत स्पष्ट पार्नुभयो । “चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ”, उहाँले भन्नुभयो, “आमसञ्चारको तीव्ररुपमा विकास भइरहेको छ, अब पुराना कानुन संशोधन गरी समयअनुकुल बनाउनुपर्छ ।”

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थ मन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधि समीक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिँदै गएको बताउँदै आएका छन् ।

Read More

काठमाडौँ – नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटेको विरोधमा आज आकस्मिक सेवा बाहेक सबै अस्पतालहरू बन्द गरेको छ । चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौँ वीर अस्पतालका बिरामीहरू अलपत्रमा परेका छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा हिडेको भन्दै ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरेको थियो । चिकित्सकमाथि हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सबै सेवा ठप्प भएपछि उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् । सरकारले सो घटनामा संलग्न वरिष्ठ उपरीक्षकलाई निलम्बन समेत गरेको छ । तर चिकित्सक सङ्घले भने अझै आन्दोलन फिर्ता लिएको छैन । आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र चिकित्सक…

Read More

काठमाडौँ – आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहानैदेखि वार्ता भइरहेको हो । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरूको तर्फबाट नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् । प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक सङ्घले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको हो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको…

Read More