Author: Nisha Shrestha

महेन्द्रनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरीक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए । आजैबाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् । उनी आजै काठमाडौं फर्कने छन । प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम भ्रमणमा गएका हुन ।

Read More

काठमाडौँ– नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताएकी थिइन् । परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा…

Read More

काठमाडौँ – नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सकिएको छ। सोमबार होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटरमा जनाएको छ। परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राले क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेश सचिव क्वात्रा सोमबार बिहान काठमाडौँ आएका थिए। उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए। क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन्। बैठकमा परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी थिए। …

Read More

काठमाडौँ- साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाइनेछ । उनीहरु अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्षयात्री पनि हुनेछन् । यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पु-याउनु हो । यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो । यस कार्यक्रममा थप दुई पुरुष र महिला अन्तरिक्ष यात्रीहरूलाई सबै मिशन आवश्यकताहरूमा प्रशिक्षण दिनु पनि समावेश…

Read More

काठमाडौँ – बर्दियामा बिमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ । आइतबार राति २ बजे मधुबन नगरपालिका–०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैँले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि…

Read More

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन्। पूर्वराजा शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस पनि उपस्थित भएका छन्। झापाको काँकडभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्। कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ।

Read More

काठमाडौँ- नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ। पाँच विधामा प्रदान गरिएको पुरस्कारहरुको कुल राशि तीन लाख एक हजार रुपैयाँ रहेको छ । हिजो (आइतवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन्। एक लाख पुरस्कार राशिको सेजन अवार्ड अन्नपूर्ण पोष्टका ममता थापा र सुरेन्द्र काफ्लेले संयुक्त रुपमा पाएका छन् । उनीहरुले संयुक्त रुपमा लेखेको ‘बिहानीपख जब पूर्व नासुले बजेट चलाए’ शीर्षकको समाचार सर्वोत्कृष्ट घोषित भएको निर्णायक समितिका संयोजक तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए। सेजन छापामाध्यम अवार्ड टक्सार म्यागजिनका सम्पादक गजेन्द्र बुढाथोकीले पाएका छन्…

Read More

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रूप लिँदै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ ।

Read More

काठमाडौँ – बेलायती राजदूत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो । प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् । बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य…

Read More

कैलाली – कैलालीमा बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कबाट २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अछाम चौरपाटी ५ का १८ वर्षीय सुवास बोहरा र सोही ठाउँका १७ वर्षीय सुनिल बोहरा पक्राउ परेका हुन् । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More