Author: Nisha Shrestha

काठमाडौं – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम् विकसित राष्ट्रहरू (एलडिसिज)को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाई मङ्गलबार राति स्वदेश फर्कनुभएको छ । यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी दिएको छ । एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ । उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज…

Read More

काठमाडौं – हिमालपारीको जिल्ला मनाङमा बुधबार (बिहान) देखि निरन्तर परेको हिमपातका कारण मनाङका बासिन्दाको जीवन कष्टकर बनेको छ । हिउँ परेसँगै मनाङका गाउँबस्ती, डाँडाकाँडा सेताम्मे बनेका छन् । बिहान देखि परेको हिमपातका कारण आवतजावत र कामकाजमा समस्या भएको छ । मनाङ सदरमुकाम चामेमा मात्र २ देखि ३ फिट बाक्लो हिउँ जमेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको त्यहाँका स्थानीय बासिन्दा जिबन धमालाले बताए ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए । पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो सङ्कीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुन सक्छन् । त्यसको खास अर्थ छैन ।’

Read More

काठमाडौँ – नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ । काठमाडौँको नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा मतदान हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् । मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयाघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ । राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ ।…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । सम्बोधनEमा प्रधानमन्त्रीले भने, “यसैगरी सात वटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ।” साथै प्रधानमन्त्री प्रचण्डले “करिब ३४ प्रतिशत…

Read More

काठमाडौँ- प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन् । केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो । यो दस्ताले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउने बताउँदै आएको छ । थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बतायो। उनलाई कुन मुद्दामा अनुसन्धान गर्ने यकिन भइनसकेको प्रहरी स्रोतले बतायो ।…

Read More

काठमाडौँ – माई खोला हाइड्रोपावरले भोलि (विहिबार)देखी साधारण सेयर (आइपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि फागुन २५ गते आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १०५ अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको छ। यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०५ अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ। स्थानीयले न्यूनतम…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य तोलामा १ हजारले घटेर १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । यस्तै, आज चाँदी ४० रुपैयाँ घटेको छ । चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कायम छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत थिए। अदालतमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

Read More