Author: Nisha Shrestha

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड-पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्ररताका धरोहर भएको उल्लेख गरेका छन् । महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताए । यसमध्ये हिन्दु धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्त्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन् । सभापति देउवाले यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउँदै महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ । जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो ।भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए । राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

Read More

काठमाडौँ – सरकारले फागुन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय आज सार्वजनिक गरेको छ । संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिएको जानकारी दिइन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट…

Read More

काठमाडौँ- सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिप शम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी…

Read More

काठमाडौँ – कैलाली कारागारमा रहेका कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने तयारीमा छन्। चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाइसकेका छन् । उनको कैद सजाय मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा गर्न लागिएको बुझिएको छ। सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ। उनको माफीको लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा २०७० वैशाख…

Read More

काठमाडौँ – नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरु गरेको छ । पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गते शुक्रबारबाट २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेखि बलियो बनाउने गरी सङ्गठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । अभियानअन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी सङ्गठनबारे कार्यक्रम गर्नेछन् । पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न पठाएको एमालेले केन्द्रीय उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपति उम्मेदवारमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री समेत रहेका प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति असम्भव हुने बताउँदै आएका छन् । एमालेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १०…

Read More

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले अभिनेत्री करिष्मा मानन्धरले चरित्र हत्या आरोपमा दिएको उजुरीका आधारमा डिल्लीराम खनाललाई पक्राउ गरेको छ । युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई गरेको हो । अन्तर्वार्तामा दिने क्रममा आफ्नो चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई ब्युरोले पक्राउ गरेको हो ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । “राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ”, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । प्रजातन्त्र दिवस…

Read More

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले औद्योगिक क्षेत्र निमार्णको काम द्रुत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन लागेको बताए । ‘छेला औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ’, मन्त्री भण्डारीले भने, ‘दुई/तीन दिनभित्रै यहाँ कार्यालय स्थापना गर्ने तयारीमा छौँ ।’ उनले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताए । ‘हाम्रो सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा मात्रै छ’, उनले भने, ‘व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह महत्त्वपूर्ण…

Read More