Author: Nisha Shrestha

काठमाडौँ : आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । हिजोको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेको छ । नेप्से ०.१३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३८४.२१ विन्दुमा झरेको छ । कूल २२६ वटा कम्पनीको २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज…

Read More

काठमाडौं– निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे । उनले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो सांगठनिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरे ।  थपलियाले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन् । आफू सांसद भएमात्रै काँग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाई थियो । पार्टीको काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ-४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटक-पटक दोहोर्‍याए । त्यसका लागि काठमाडौँ क्षेत्र नम्बर ४ का अगुवाहरूले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो । महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा…

Read More

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले जिते संविधान उल्टिने चेतावनी दिएका छन्। गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरङ्कुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरू जुम्लातिर पनि चिच्याइरहेको टिप्पणी गरे।  ‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ,’ उनले भने । उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे।…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भिडभाड गर्दा कोभिड-१९ को संक्रमण दर बढ्न सक्ने बताए। उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे। उनले भने, ‘ठुलो मात्रामा मानिसहरू एक ठाउँ भिडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ। त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको…

Read More

काठमाडौं – सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो । हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ…

Read More

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रगमनतर्फ लैजान गरिएको बताएका छन् । व्यास नगरपालिका–३ देउरालीनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताएका हुन् । ‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ’, नेता पौडेलले भने । युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । व्यासको…

Read More

कैलाली – कैलाली उद्योग वाणिज्य सङ्घले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना गर्ने भएको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रवद्र्धनका लागि गरिँदै आएको उक्त महोत्सवका लागि तयारी सुरु भएको सङ्घले जनाएको हो । सङ्घका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झँै यो वर्ष पनि मङ्सिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाका रूपमा मनाइने जानकारी दिनुभयो । कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैँची, अदुवा, मसला, फर्निचर,…

Read More

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरु संविधान विरोधी भएको समेत बताउनुभयो । बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।” पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उहाँको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना…

Read More

कञ्चनपुर- लाललझाडी र शुक्लाफाँँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लाललझाडी र शुक्लाफाँँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका–४ चन्दापुरका रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा तरेर ओहरदोहर गर्नु परेको बताउनुभयो । पाँच वर्षअघि वनहरा नदीको धार परिवर्तन गरी दोदा नदीमा मिसिएपछि नदीले छाडेको पुरानो बहाव क्षेत्रमा गाउँपालिकाले रु २४ लाख रकम खर्चेर बाँध बाँधेर सडक बनाइएको थियो । यस वर्षको वर्षासँगै आएको वनहरा नदीको बाढीको पानी पुरानो बहाव क्षेत्रमा पस्दा…

Read More