Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सामूहिक विवेक प्रयोग गरेर देशको आर्थिक सङ्कट समाधान गर्ने बताएका छन्। मुलुकमा देखा परेका आर्थिक सङ्कट समाधानका लागि आफूले केही दिनअघि मात्रै सरोकारवालाहरूसँग छलफल सुरु गरेको बताएका छन् । केही दिनभित्र ती समस्याको समाधान प्रक्रियासमेत अघि बढाउने उनले बताए । सोलुखोला–दूधकोकी जलविद्युत आयोजनाको मङ्गलवार काठमाडौँबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासनसमेत दिए। त्यसका लागि अध्ययन र अनुसन्धान धेरै अघि बढिसकेको उनको जिकिर थियो। ‘पेट्रोल र तेलकै कुरा गर्ने हो भने पनि यसको उत्पादनको सम्भावना पनि अब हामी धेरै अगाडि बढिसकेका छौँ अध्ययन, अनुसन्धानमा। र, छिट्टै तेल उत्पादन हामीले गर्न…

Read More

काठमाडौँ – आठ दलीय कार्यदलको बैठक सुरु भएको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा सुरु बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।

Read More

अत्तरिया – कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुबान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रूपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए । ‘पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक क्षेत्रमा डोजरले खाली गराउने काम भइरहेको छ’, प्रमुख हमालले भने, ‘यो अभियान १९ वडामा पाँचै वर्ष सञ्चालन हुनेछ…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदहरूको अपमान भएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध जनयुद्धकालीन मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि पूर्वमाओवादीहरू एकजुट भएर खबरदारी गरिरहेका छन्। यसै विषयतर्फ सङ्केत गर्दै शाहीले अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु नै विधिको शासन र प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्नु भएको उल्लेख गरेका छन्। शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरू अदालतले दर्ता गर्नु उसको कर्तव्य हो। पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी विधिको शासन हुन सक्छ ? यस्ता अनैतिक क्रियाकलाप तत्काल…

Read More

काठमाडौँ – सिंहदरवारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्। राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद् विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने बताइएको छ ।

Read More

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले बताए । ‘आठ पार्टीहरू छलफल भयो । सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो’ ओलीले भने, ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक…

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । कसलाई मत दिने भन्ने निर्णय लिन राप्रपाले दिउँसो बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । पर्सि बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । यस अघि उनीहरूको रिट अदालत प्रशासनबाट दर्पीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्पीठको आदेश शुक्रबार बदर गरेको थियो । दर्पीठ आदेश बदर भएसँगै मङ्गलवार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।

Read More

काठमाडौँ – माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन माओवादीका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका छन् । ‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत छौँ । शान्ति प्रक्रियाका बाँकी काम शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, विभिन्न समयमा राज्यसँग…

Read More

धनगढी – डोटीमा धनगढीका एक युवकको हत्या भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजीबहादुर साउदको कुटपिटबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २० गते राति कुटपिटमा परेका साउदको दोस्रो दिन (२१ गते) मृत्युु भएको हो। साउद डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीस्थित निर्माणाधिन स्कुलको भवनमा मजदुरका रुपमा काम गर्थे।आइतवार राति पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टी (साउद संगै काम गर्ने साथी) ले उनीमाथि कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी युवराज भण्डारीले आइतबार कुटपिटबाट गम्भीर घाइते भएका साउदको उपचारको लागि धनगढी ल्याउने क्रममा सोमवार मृत्यु भएको जानकारी दिए। उनले भने, ‘२० गते राति झगडा भएको रहेछ। उनीहरु…

Read More