Author: Nisha Shrestha

काठमाडौँ – रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको निर्णय फिर्ता नलिने निर्णय गरेको हो। बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए । उनले भने, ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा पुगेका छैनौँ। अहिले पर्ख र हेरको अवस्थामा छौँ । यसबारे फेरि छलफल गरेर निर्णय गर्छौँ। सरकारलाई दिएको समर्थन भने कायमै रहन्छ।’ रास्वपाले माघ २२ गते सरकार छोडिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि एमालेका सुवास नेम्वाङ र काँग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। पौडेललाई ८…

Read More

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयाघातबाट निधन भएको थियो । उनले वञ्चितीकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन् । दिवङ्गत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्। सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्। उनले भने, ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो । हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौँ, गठबन्धन चुनावसम्मै टिक्छ।’ गत शुक्रबार राष्ट्रपतिमा काँग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताएका छन्। सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए स्वास्थ्य मन्त्री गिरीले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम गर्दैछौँ। म स्वास्थ्य क्षेत्र रोजेर आएको हुँ। अझै यो आकर्षण मन्त्रालय मानिँदैन। यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन। आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछा खोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए । प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरूले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । ‘यो वर्ष चुनावी वर्षका रूपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि…

Read More

काठमाडौं – तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका पल शाह रिहा भएका छन् ।  उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरू भनेर चार वटा बुँदासमेत उल्लेख गरेका छन्। जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। तेस्रो बुँदामा नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ भनेर लेखेका लिङदेनले चौथो बुँदामा देश बनाउन नसकिने र नबन्ने रहेनछ बनाउन सकिन्छ र बन्छ। भन्ने उल्लेख गरेका छन्। पुस १० मा…

Read More

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने छ । यस्तै सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुनेछ ।

Read More

काठमाडौँ – राष्ट्रपति चुनावलाई लक्षित गर्दै ८ दलले कार्यदल बनाएका छन्। बालुवाटारमा आइतबार बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका पौडेललाई सहयोग गर्न अपिल गर्ने निर्णय गरेका हुन्। कार्यदल संयोजकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन्। ८ दलबाट एक-एक जना रहने गरी कार्यदल बनाइएको हो। कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्ने भनिएको छ। कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।…

Read More