Author: Nisha Shrestha

काठमाडौँ – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झापड भएको बताएकी छन् । शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टकटक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् । स्थानीय चुनावमा नराम्रो हार व्यवहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए । झण्डै तीन महिना नेतृत्वविहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बनिन् । त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उनले सुनाइन् । ‘पार्टी नै सकाएर राप्रपा करण गर्न खोजिएको थियो’, उनले भनिन्, ‘२ लाख १२ हजार मतलाई झरेर तल भयौँ होला,…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा योनियताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना विभागीय मन्त्री बनाउने भन्ने छलफलमा छन् । नेपाली काँग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने एक सांसदले जानकारी दिए । उनका अनुसार प्रकाशबहादुर देउवालाई मन्त्री…

Read More

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने भएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आबद्ध छन् ।

Read More

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबिच आज सिंहदरबारमा भेट भएको छ । सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Read More

काठमाडौँ – संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौँमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् । माओवादी पृष्ठभूमि र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष बुढामगरले बताए । आगामी फागुन १ गते जनयुद्ध दिवसमा एकै ठाउँमा मनाउने तयारी गरिएको बुढामगरले बताए ।

Read More

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ…

Read More

काठमाडौं — उच्चस्तरीय राजनीति संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन आग्रह गरेको छ । आज बिहान बालुवाटारमा भएको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको हो । सरकारका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनका अनुसार रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको छ । रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले सांसदसहित उपप्रधान तथा गृह मन्त्रालय गुमाएका थिए । पुनः गृह मागे पनि गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । त्यस्तै आजको बैठकमा राष्ट्रपतिबारे छलफल हुने बताइए पनि उक्त विषयले बैठकमा प्रवेश नपाएको बताइएको छ ।

Read More

काठमाडौँ – सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । बिहीबार पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् । पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।

Read More

काठमाडौँ – शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीले आज माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँट गरेको हो। यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ। कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको…

Read More