Author: Nisha Shrestha

सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् । प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’ उनले चुनावी गठबन्धन एमालेको कारणले नभई आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘१०…

Read More

काठमाडौँ – नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा सेना दिवस मनाएको छ। हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाउने गरेको छ। शनिबार सेनाले २६०औं सेना दिवस मनाएको हो। यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो। समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल…

Read More

काठमाडौँ – कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा भएको छ । आइतबार अर्थात् ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरुण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएको हो । नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २०…

Read More

काठमाडौं – नामिबियाविरुद्धको जितका लागि नेपालले २७५ रनको लक्ष्य पाएको छ । निर्धारित ५० ओभरको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २७४ रन बनाएको छ । टस हारेर नामिबियाका जाने ग्रीन र रुबेन तुम्पेलमाले उत्कृष्ट ब्याटिङ गर्दै नामिबियाको रन स्कोर उच्च बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसीले १ विकेट लिए भने दुई रन आउट भएका थिए ।

Read More

पर्शुराम काफ्ले दुईवटा ठूला सैन्य शक्तिको बीचमा रहेको भूगोल र जनसंख्यामा सानो आकारको नेपालले के सफल सैन्य कूटनीति अवलम्बन गर्न सक्छ ? नेपाली सेना स्थापनाको २६० वर्षयताका घटनाक्रम हेर्दा सैन्य कूटनीतिको असफलताले नेपाल बेलायतसँग युद्धमा पराजित भएर एकतिहाइ भूभाग गुमाएको छ । सैनिक कूटनीतिक चातुर्यले बेलायतबाट जमिन फिर्ता भएको पनि छ । नेपालको सैनिक कूटनीतिको रोचक वर्तमान के छ भने वैश्विक रूपमा एकअर्काप्रति शत्रुका रूपमा उभिएका र काहीँ पनि सैन्य सहकार्य नगरेका मुलुकका सैनिक नेपालका तालिम केन्द्रमा सँगै तालिम लिने र छलफल गर्ने गरेका छन् । आकार र शक्तिका हिसाबले नेपाली सेना शक्तिराष्ट्रहरूसित तुलनायोग्य छैन, तर नेपालको भूराजनीतिक अवस्थिति एवं अन्तर्राष्ट्रिय रूपमा तटस्थ…

Read More

काठमाडौँ – नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो । एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई कारबाही गरिएको बताए । उनले बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको जनाकारी दिए । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरूलाई पार्टीबाट निष्कासन गरेको छ । बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि…

Read More

काठमाडौं – यातायात मजदुरको आन्दोलनका क्रममा बालाजु क्षेत्रमा लुटपाट र तोडफोड गर्ने ४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सीताराम रिजालले लोत्से मल तोडफोड गरी मोबाइल पसल लुटपाटमा संलग्न ११ जना र प्रहरीमाथि ढुंगामुढा गर्ने २९ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रवक्ता रिजालका अनुसार सीसीटीभी क्यामरामा कैद भएका दृश्य र फुटेजका आधारमा आरोपी पक्राउ परेका हुन्। अन्य केही आरोपीको पनि पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी राखिएको रिजालले जानकारी दिए। फागुन १ गते बेलुकी ६ बजे यातायात मजदुरले गोंगबु नयाँबसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए। त्यस क्रममा नजिकै रहेको लोत्से मलमा पनि आक्रमण गरी दुई वटा मोबाइल…

Read More

काठमाडौँ- निर्वाचन आयोगले आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ । ‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित…

Read More

काठमाडौँ – ग्यास लिक हुँदा भएको आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् । पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी…

Read More

काठमाडौँ – नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाको दुई विकेट लामिछानेले नै लिएका हुन् । लामिछानेले १४.३ तथा १६.५ ओभरमा विकेट लिएका हुन् ।

Read More