Author: Nisha Shrestha

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वामपन्थी देशभक्त एक भएर दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताएका छन् । २८ औँ जनयुद्ध दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व भएको दाबी गरेका छन् । ‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्‍यो । किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्‍यो र एक स्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि वदन चाहन्थ्यौँ तर भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद र संशोधन वादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन’, विप्लवले भनेका…

Read More

काठमाडौँ – नेपाल–भारत परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठक सुरु भएको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनय मोहन क्वात्राबीच होटेल याक एन्ड यति बैठक बसेको हो । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौँ आइपुगेका हुन्। आए लगत्तै संयन्त्रको बैठक बसेको हो । क्वात्रालाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बैठकमा पौड्याल र क्वात्राले नेतृत्व गरेको दुई मुलुकको टोलीहरूले सहभागी छन् । क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबिच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले…

Read More

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। सोमवार प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनी आज बिहान सुदूरपश्चिमबाट ठूला तथा गौरवका आयोजना अनुगमनका लागि कैलाली पुगेका थिए।आइतबारमात्रै  मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।त्यसलगत्तै आज प्रधानमन्त्री प्रचण्ड अनुगमनका लागि यहाँ आएका हुन्। उनीसंगै अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए। अनुगमनका क्रममा प्रचण्डले सुदूरपश्चिम जहिल्यै आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। अनुगमनका क्रममा संचारकर्मीसंग प्रतिक्रिया दिदै यस्तो…

Read More

काठमाडौँ – नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौडेलसँग भेटवार्ता सुरु गरेका छन्। होटेल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरिरहेका हुन्। भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ। नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन। तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा…

Read More

काठमाडौं – फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो । उहाँले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिनुभयो । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप आइपुगेकोे हो ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले फागुन १ गते सोमबार २८औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाइएको हो । सो अवसरमा प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यार्पण र सहिद स्तम्भमा शिर झुकाएर अभिवादन गरेका थिए । जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पछि चौतर्फी विरोध भइरहेको छ।

Read More

काठमाडौँ- सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Read More

महोत्तरी – भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीस्थित दशगजाबाट डोर्याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिीसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

Read More

जनकपुर – उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने भएका छन्। माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सोमवार जनकपुरधाम आउन लागेका हुन्।  मधेस प्रदेश सरकारले जनयुद्धका शहीद परिवारलाई सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन् उपराष्ट्रपति पुन जनकपुर आउन लागेको मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले जानकारी दिए। उपराष्ट्रपति पुन सोमबार बिहान साढे १० बजे जनकपुरधाम आइपुग्ने र ११ बजेदेखि मधेस भवनको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने मन्त्री यादवले बताइन्। माओवादीले फाल्गुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा शहीद परिवारहरूलाई सम्मानका साथै मधेस सरकारको…

Read More

काठमाडौँ – भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौँमा आइपुगेका छन् । क्वात्रालाई परराष्ट्र सचिव भरतराज पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पौडेल र क्वात्राबीच आजै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ, जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।

Read More