Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरूको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए । एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौँ । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरूका निम्ति असल छिमेकी हुन चाहन्छौँ । उनीहरूको कुभलो गर्दैनौँ । भलो चिताएर उनीहरूलाई सहयोग पुर्‍याएर उनीहरूका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौँ ।’ नेपालको भूमि कसैका विरुद्ध प्रयोग…

Read More

काठमाडौं – सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

Read More

काठमाडौं – नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहणपश्चात् उनी स्मारकस्थलमा पुगेका हुन्। सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारणसमेत गरे। घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका हुन्।

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। सभामुखको कार्यकक्ष, सिंहदरवारमा घिमिरेले पदभार ग्रहण गरेका हुन्। बिहीबार प्रतिनिधि सभाबाट सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए। शपथ लगत्तै सभामुख घिमिरे सभामुखको कार्यकक्ष सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले इन्दिरा राना मगरको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनाएको बताएकी छन्। शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद गौतमले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘इन्दिरा राना मगरलाई पठाउने निर्णय गरेका छौँ। उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय पार्टीले गरेको छ। पार्टीले सर्वसम्मति रूपमा निर्णय गरेको हो, अल्पमतमा होइन।’ सोविता राना मगरको प्रस्तावक रहेकी छन्। राना मगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा थियो। त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानूनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन्। उपसभामुखको उम्मेदवारी…

Read More

काठमाडौं – सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

Read More

काठमाडौँ – नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए । शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

Read More

काठमाडौँ – नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्। उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए। घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए। उनले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। उनी सत्ता साझेदार दलकी साझा उम्मेदवार हुन्। मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा…

Read More