Author: Nisha Shrestha

काठमाडौँ – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको निष्कासन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयरमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ । निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वान…

Read More

काठमाडौँ – वित्तीय संस्थाहरूको ब्याज धेरै भएको भन्दै काठमाडौँ उपत्यकाका उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो । बैङ्कको ब्याजदर एकल अङ्कमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार सङ्घ र महासङ्घहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले ‘बैङ्किङ आतङ्क बन्द गर’, ‘ब्याजदर घटाउ गरिखान देउ’लगायतका नारा लेखिएको पम्प्लेटहरु प्रदर्शन गरेका थिए ।

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ। विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे। उनका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा…

Read More

काठमाडौँ – माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । प्रधानमन्त्री एवं माओवादीका पार्टी अध्यक्षसमेत रहेका प्रचण्ड बैठकमा सहभागी हुन पेरिसडाँडा पुगिसकेका छन् । बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको भूमिका, गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पेस भएका एजेण्डा र गृह मन्त्रालयका विषयमा विशेष छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बोलाइएको छ। राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक स्थगित गरेर आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको हो। सचिव गणेश साहका अनुसार केहिबेरमा पार्टी कार्यालय पेरिसडाँडा बैठक बस्नेछ। उनले भने, ‘आजको बैठक यस अगाडि स्थायी कमिटी बैठकमा शुक्रबार पेश गरिएको पार्टी एकतासम्बन्धी प्रतिवेदन, राष्ट्रपति निर्वाचन र पार्टी स्कूलिङ विभागको प्रतिवेदनमाथि छलफल हुन्छ।’ माओवादी केन्द्रका अधिकांश नेताहरूले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ‘दबाब’ पनि बढाएका हुन्। साहले पार्टीको आन्तरिक जीवनबारे विशेष एजेण्डा बनाएर…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएकाे छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड पुगेकी थिइन्। भेटमा दुई देशबीचकाे आपसी सम्बन्ध र समयसामयिक, राजनीतिक विषयमा कुराकानी भएकाे बताइएकाे छ।

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ । अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। आज आयोगले मिति तय गर्नका लागि बैठक बोलाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाकारी दिए। उनले भने, ‘आज १२ बजे बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’ आजको बैंठकमा चितनव-२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ। निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने उनको भनाइ छ। राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।

Read More

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरवारमा बोलाएका हुन् । बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा केही उच्च पदस्थ कर्मचारी सरुवा निर्णयसमेत हुने जनाइको छ । जसमा दुई दर्जन बढी सहसचिवहरुकोसमेत सरुवाको तयारी रहेको छ ।

Read More

काठमाडौं – सरकारले एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको छ । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र विशेष टोली खटाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्यासमाधानका लागि पहल गर्ने तयारी गरेको बताएकि हुन् । उनले भनिन, `पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल…

Read More