Author: Nisha Shrestha

काठमाडौँ – कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौँ आइपुगेको उनको शव आज दिउँसो १२:३० बजेतिर बिर्तामोडस्थित निवासमा ल्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको शव निवासमा आइपुग्ने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो । ‘एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा…

Read More

महेन्द्रनगर – नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गङ्गा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्। शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्। उनले भनिन्-मलाई एमालेले केन्द्रीय कमिटीबाट हटाएको छ। तर, म एमाले पार्टीमै छु। टाढा गएकी छैन। अहिले पनि पार्टीका अध्यक्ष केपीशर्मा ओलीसंग कुरा भैरहेको छ। म एमालेमै फर्किन्छु। यस्तै एमालेमा आफू ८ कक्षामा पढ्दादेखि एमालेमा लागेको र अब फेरि एमालेमै सक्रिय बन्ने उनको भनाइ छ। यसअघि प्रतिनिधि सभा निर्वाचनका बेला उनी एमाले त्यागेको भन्दै स्वतन्त्र उम्मेदवार बनेर चुनाव…

Read More

काठमाडौं– नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका हुन् । सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ । सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उनले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकिर गरे ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताए। उनले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताए। उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको बताए। ‘समग्रमा खेल…

Read More

काठमाडौँ – कोटेश्वर सहयोगीनगरमा कोइला बालेर आगो ताप्नेक्रममा चार जना निसासिएर गम्भीर बिरामी परेका छन्। शुक्रबार राति ८ बजेको समयमा कोइला ताप्दै गरेका ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र प्रमीलाका छोरा ३५ दिनका श्रीयाल खड्का बिरामी भएका छन् । बिरामीको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा आईसीयू खाली नभएकाले छलमायाको भने छाउनीस्थित नेपाली सेनाको अस्पतालमा थप उपचार भइरहेको छ। उनीहरू सुविधानगरमा कुमार खत्रीको घरमा पाँचौ तलामा बस्दै आएका थिए। कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्ने क्रममा उनीहरू निशासिएर श्वाासप्रश्वाासमा समस्या भएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् । रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् । यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन् । बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन् ।

Read More

कैलाली– धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको हो । हालसम्म लाखौँ दर्शनार्थीहरू गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । उनका अनुसार बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब,…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ। दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए। मन्त्रीसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदै छन्। गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ। अहिलेसम्म नेपालगञ्जमा दई सय बालबालिका सङ्क्रमित र एकको निधन भएको छ। यस्तै खजुरामा १८, कोहलपुरमा पाँच, नरैनापुरमा १५, डुडुवामा आठ बालबालिकामा दादुराको प्रकोप देखिएको छ। मन्त्रालयले दादुरा…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक छन्। त्यस्तै नेकपा एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र किसन श्रेष्ठ तथा कानून तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन्। सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन्। घिमिरे माघ ५ गते प्रतिनिधि सभाबाट सभामुखमा निर्वाचित भएका थिए। उनले शुक्रबार राष्ट्रपति समक्ष पद…

Read More

काठमाडौं – युरोपियन युनियन (ईयू)को हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न तत्काल अनसाइट एसेसमेन्ट भिजिटमा नआउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि ईयूले भने नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ। गत जुनमा स्थलगत अनुगमनपछि पनि ईयूको हवाई सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीबाट बाहिर निकालेको थिएन। सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको ईयूले अर्को महिनाभित्र हवाई सुरक्षाको अवस्थाका विषयमा पुनः स्थलगत अनुगमन गरेर पुनर्विचार गर्ने योजना सार्वजनिक गरेको थियो। तर गत आइतबार मात्रै यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा…

Read More