Author: Nisha Shrestha

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं – सभामुखका लागि देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार संसद भवनमा घिमिरेले सुवाश नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थक रहेर देवराज घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

Read More

काठमाडौँ – सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को एक मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि, सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो । थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर, उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ । आजको बैठकमा मन्त्रीहरूको परिचय आदानप्रदानका साथै मन्त्रालयका नियमित प्रस्तावबारे छलफल र निर्णय हुनसक्ने जनाइएको छ । यो प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद् बिस्तार पछिको पहिलो बैठक हो ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महिला सांसदलाई सभामुखको उमेदवार बनाउने समझदारी जुटेको थियो । त्यसपछि ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको हो । ‘सभापतिज्यूले सभामुखमा महिला उमेदवार बनाउने तयारी गर्नुभएको छ । बरिष्ठ महिलामध्ये कोही एक बनाउने कुरा छ,’ एक पदाधिकारीले भने, ‘बरिष्ठमध्येबाट ईश्वरी न्यौपाने हुन सक्नुहुन्छ ।’ यसको औपचारिक निर्णय भने हुन बाँकी छ ।

Read More

महेन्द्रनगर – सुदुरपश्चिम प्रदेशकी उपसभामुख कोईलीदेवी चौधरीले सपथ ग्रहण गरेकी छन्। बुधवार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले सपथ ग्रहण गराएका हुन्। कोइली हिजोमात्र उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु ६ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय…

Read More

धनगढी – धनगढीबाट अत्तरियातर्फ गरेको ट्रक दुर्घटना भएको छ। ट्रक गेटामा दुर्घटना भएको हो। कैलाली प्रहरीका अनुसार मंगलवार राति से १ ख २०५१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। ट्रक चालक चन्द्रसिंह रटौलिले मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मानवीय क्षति भएको छैन।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्। पार्टी विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् । पार्टी प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Read More

जनकपुरधाम – मधेस प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बुधबार बिहान सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मंगलबार नेकपा एमालेका मण्डल सभामुखमा र जनमत पार्टीकी ईशर उपसभामुखमा निर्वाचित भएका थिए । १०३ जना उपस्थित रहेकोमा सभामुख मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो । यस्तै, उपसभामुखको निर्वाचन हुँदा १०१ जना उपस्थित रहेकोमा ईशरको पक्षमा ७२ जना र विपक्षमा २९ जनाले मतदान गरेका थिए । मधेस प्रदेशमा १०७ जना सांसद रहे पनि हाल १०५ जना प्रदेशसभा सदस्य कायम रहेका…

Read More