Author: Nisha Shrestha

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Read More

काठमाडौँ – भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लामा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सिन्नर–शिरडी राजमार्गको पठारे गाउँनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कयौं घाइते भएको बीबीसीले जनाएको छ। अम्बरनाथबाट शिरडी जाँदै गरेको बसमा करिब ५० जना सवार थिए । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ७ महिला,दुई बालक र एक पुरुष छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

Read More

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए। सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ । त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु…

Read More

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन् । यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् । नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ…

Read More

काठमाडौं – भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी…

Read More

मकवानपुर – मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

Read More

दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिनुभयो । “प्रेमकथालाई दर्शकले रूचाउनुभयो । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उहाँले भन्नुभयो । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको…

Read More

काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् विस्तारको तयारीका लागि बैठक बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालयमा अहिले ११:३० बजे बस्दैछ। आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी रहेकोछ। सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएका छलफलपछि मन्त्रालयको भागबन्डामा सहमति भएको बताइएको छ । सरकार विस्तारमा सकस देखिएसँगै बुधबार साँझ प्रचण्ड बालकोट पुगेका थिए भने बिहीबार अपराह्न ओली बालुवाटार गएका थिए । सत्ता साझेदार सबभन्दा ठुलो दल नेकपा एमालेले जम्मा ८ मन्त्रालय पाउने…

Read More

काठमाडौँस – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए । शुक्रबार काठमाडौँको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै घरबेटीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन…

Read More