Author: Nisha Shrestha

काठमाडौँ – आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ- काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीवार राज दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो । सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो । त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुको साथै राष्ट्रपतिको सन्देश पढेर सनाएका थिए । दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले…

Read More

पाल्पा – पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हो । न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

घाना – घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार ८ जना बालबालिकाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई तालको छेउमा रहेको वायोकोपमा डुङ्गा पल्टिएर स्कूल जान लागेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु भएकामध्ये ५ बालक र ३ बालिका रहेका छन्। घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौँ – नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो । निगमको टिक बिक्री वृद्धि गर्नका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन् । त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष…

Read More

अमलेखगञ्ज – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो । उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम…

Read More

काठमाडौं – गत माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको (एन) एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको बताए। उनले भने, ‘दुर्घटनाका कारण पहिल्याउन महत्त्वपूर्ण मानिएको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।’ जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर…

Read More

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी सरस्वती पूजा मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए

Read More

काठमाडौं – तराईका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, मधेस…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो । आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी गरायो ।

Read More