Author: Nisha Shrestha

हुम्ला – हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए । गोल्डकप विजेताले रु एक लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले रु एक लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले रु ७५ हजार पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने…

Read More

काठमाडौं – नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ। सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न पार्टीले ह्विप लगाएको कांग्रेस उपसभापति धनराज गुरुङ्‍ले रिपोर्टर्स नेपाललाई बताए। उनले भने, ‘यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।’ प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ र सोही दिन सभामुखको निर्वाचन हुने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले हिजो बसेको प्रतिनिधि सभा बैठकमार्फत बताएका थिए। यस्तै ९ माघसम्म उपसभामुखको पनि निर्वाचन गराउने तयारी रहेको छ। सोही कारण आफ्ना सांसद्‍हरुलाई काठमाडौं नछाड्न ह्विप लगाएको कांग्रेस…

Read More

काठमाडौँ – सुपर हेवा पावर कम्पनी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अङ्कित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आइपिओ जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्। सुपर हेवा पावर कम्पनीको सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

Read More

काठमाडौं – आज बुधबार सेयर बजार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।

Read More

रोल्पा – रोल्पामा दोस्रो श्रीमनको नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् । पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमान्को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो । सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलवार १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनसम्मत ढङ्गले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढङ्गले रिहा गराउने बताएका हुन् । तराई मधेस अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यकर्तालाई छुटाउन पहल गरेको पनि उनले बताए । तर संसद सुरु भइसकेकाले अब सांसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उनको भनाइ छ । ‘अब त सदन सुरु भइसक्यो, अब कानुनसम्मत ढङ्गले उहाँसहित अरु त्यस किसिमले बन्दी बनाइएका सबै नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइन्छ’ उनले भने…

Read More

काठमाडौँ– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए । काठमाडौँ आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए । र्‍यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका छन् ।…

Read More

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए । नेता सुवालले नेपाल-भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहेता पनि कार्यान्वयनमा कठिनाइ भएको बताए। उनले भने, ‘हामी सरकारलाई समर्थन र मत दिन सक्दैनौँ, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौँ ।

Read More