Author: Nisha Shrestha

– राम धामी डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिका–४ किमौलाका चन्द्र ठकुराठीले गड्यौला मल उत्पादन गरेर बार्षिक लाखौं रकम आयआर्जन गरिरहेका छन् । २०६७ साल फागुनदेखि गड्यौला मल उत्पादन गरिरहेका ठकुराठीले यसबर्ष मात्रै २० टन गड्यौला मल सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा सप्लाई गरेका छन भने जिल्लाभित्र र छरछिमेकका बस्तीहरुमा पनि प्रतिकिलो रु ३५ रुपैयाँका दरले गड्यौला मल बिक्री गरिरहेका छन्  । सशस्त्र युद्धका बेला तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा रहेर बिभिन्न स्थान घुम्ने क्रममा ठकुराठीले गड्यौला मल उत्पादनका बारेमा थाहा पाएका थिए । ‘आफ्नो ठाँउमा पनि गड्यौला मल उत्पादन गर्न पाए व्यवसायीक कृषि विकासमा क्रान्ति ल्याउन सकिन्छ भन्ने लागेर उत्पादन सम्बन्धी जानकारी…

Read More

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए । नयाँ पार्टी तथा युवा पुस्ताले इतिहासलाई नकार्ने र धिक्कार्ने नभएर पुराना पुस्ताबाट सिक्नुपर्ने बताए । भट्टराईले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा राखे । समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्ने प्रणाली लागु गर्न सबै लाग्नुपर्ने बताउँदै उनले लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई…

Read More

काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ (Let us Walk Together) वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको “Let us Walk Together” “हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गरेका थिए । उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै वितगका राम्रो कामलाई अनुशरण गर्दै प्रतिष्ठानको वृहत क्रियाकलापलाई अझ उर्जा प्राप्त होस् भन्ने हेतूले कार्यक्रम…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनबाट राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्‍ट्रपति भण्डारीले सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेकी हुन् । यस्तो छ सम्बोधनको पूर्णपाठः प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय सदस्यहरू। १. भरखरै सम्पन्‍न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्‍घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभा र प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिँदै नेपाली र नेपालीको विकासका लागि यहाँहरूको कार्यकाल सफल होस् भन्‍ने शुभकामना व्यक्त गर्दछु। सङ्‍घ तथा…

Read More

धनगढी- नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Read More

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउने कामलाई तीव्रता दिएको छ । संसद्को जारी अधिवेशनमा संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज दोस्रो पटक विज्ञहरूसँग परामर्श गरेका छन् । मन्त्रालयले संघीय मामिला र निजामती कर्मचारी प्रशासनका विज्ञहरूसँग छलफल गर्ने क्रममा आज पूर्व सचिवहरुसँग परामर्श गरेको हो । छलफलमा पूर्वसचिवहरु मधुरमण आचार्य, डा. मानबहादुर विके, विमल वाग्ले, बालकृष्ण प्रसाईँ, कृष्णहरि बास्कोटा र शङ्कर अधिकारी सहभागी थिए । पूर्व सचिवहरूले सङ्घीयता कार्यान्वयनका लागि निर्णायक मानिएको संघीय निजामती ऐन कार्यान्वयनमा ल्याउन ढिला भएको उल्लेख गर्दै समयसापेक्ष बनाएर अघि बढाउन सुझावहरू…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शाहले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेका हुन्।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन सुरू गरेकी छिन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा सहभागी सबै मतदाता एवं कर्मचारीहरूलाइ धन्यवाद समेत व्यक्त गरेकी छिन् । शुक्रबार संसद भवन बानेश्वरमा उनले संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गरेकी हुन्।

Read More

काठमाडौँ – निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् । आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक…

Read More

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। मुख्यमन्त्री शाहले साढे तीन बजे प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गर्न लागेका हुन्। हिजोमात्र नियुक्त भएका मुख्यमन्त्री शाहले आज नै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आजै उनले नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा सदस्य नरेश शाही र नेपाली कांग्रेसका प्रकाश बहादुर देउवालाई मन्त्री नियुक्त गर्दैछन्। यसअघि समाजवादीका सुदूरपश्चिम दलका नेता दीर्घ सोडारी मन्त्री बन्ने भनिएपनि उनले आफू मन्त्री बन्न अस्वीकार गरेका छन्। त्यसपछि समाजवादीले शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने निर्णय भएको एक प्रदेश सभा सदस्यले जानकारी दिए।…

Read More