Author: Nisha Shrestha

काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका नौ÷नौ, बागमतीका २०, गण्डकीका दुई र…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्। शनिबार नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताए। ‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने। खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए। उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए।

Read More

दार्चुला- जिल्ला सदरमुकामको एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा शुक्रबार साँझ १० जना स्थानीयलाई पक्राउ गरेको छ। महाकाली नगरपालिका–४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका नौगाड गाउँपालिका–६ का गगन धामी,वडा नं. ४ का जय सिंह धामी, कमल सिंह धामी, कमल सिंह ठगुन्ना, महाकाली नगरपालिका–४ का जनक लुहार, अरबिन बुढाथोकी, महाकाली नगरपालिका–१ का मान सिंह कार्की र दुहुँ गाउँपालिका–५ का देवराम पार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सुरुमा उनीहरुले आफ्नो नाम र ठेगाना प्रहरीलाई गलत बताएका थिए। हिरासतमा लिएर थप सोधपुछ गर्दा यर्थाथ बिवरण दिएका हुन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बिशेष सूचनाका…

Read More

काठमाडौँ- नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्नेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार सेनाबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा साइबर आक्रमणमा संलग्न स्याङ्जाको वालिङका सागर ढकाललाई नियन्त्रणमा लिइएको हो। साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकाललाई पोखराको बाटुलेचौरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता रायले बताए। रायले विभिन्न समयमा ढकालले सेनाको साइबर स्पेसमा आक्रमणको प्रयास गरेको बताए।

Read More

गण्डकी – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सी.सं.२३५(घ) र (ङ) सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गरे । तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अतिरिक्त महानिरीक्षक पौडेलले तन, मन र वचनका साथ नागरिकको सेवा र सुरक्षामा लाग्न सुझाव दिए । अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्र अवसर र चुनौतीको सङ्गम स्थल भएको धारणा पनि व्यक्त गरे…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताएका छन् । आज ७५औँ विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै उनले स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणलाई व्यावहारिक बनाउन प्राथमिक स्वास्थ्य सेवाको विस्तारमा जोड दिइएको बताए । उनले नेपालले स्वास्थ्यसम्बन्धी राष्ट्रिय रूपमा तय गरेका लक्ष्य, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा गरेका विभिन्न प्रतिबद्धताहरू पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्य योजना बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिइएको पनि बताए । प्रधानमन्त्री दाहालले सन्देशमा अगाडि भनेका छन्, ‘स्वास्थ्य जीवनशैलीको प्रवर्द्धन, नसर्ने रोगहरूको नियन्त्रण तथा रोकथाम र महामारी तथा प्रकोपको प्रतिकार्यका लागि स्वास्थ्य प्रणालीलाई थप सुदृढ…

Read More

काठमाडौँ- नेपाली काँग्रेसका नेता एवं सांसद डा. शेखर कोईरालाले स्वर्णिम वाग्ले जस्तै अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन् । शुक्रबारदेखि काठमाडौंमा शुरुभएको नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. शेखरले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार रहेका डा. वाग्लेप्रति कटाक्ष गरे। उनले अवसरवादीहरुबाट आफू सावधान भइसकेको र सबै नेताकार्यकर्ता पनि सावधान हुनुपर्नेमा जोड दिए । ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला’ उनले भने‘अवसरवादीहरुबाट म त सावधान भइसके । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’ कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नु अगाडी डा.वाग्ले पार्टीभित्र शेखर कोईराला पक्षमा खुलेका थिए। उनले पार्टी छाड्ने…

Read More

दार्चुला – दार्चुलामा मोटरसाइकलले ठक्कर दिदाँ तीन विद्यार्थी घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका—७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह १२ बजेतिर मालिकार्जुन नमूना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका—८ का १८ वर्षीया सरश्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी हुन् । भाटको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरुको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक महाकाली नगरपालिका–४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको…

Read More

काठमाडौँ – महान्यायाधिवक्ता दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबाबमा नगरेको बताएका छन् । शुक्रबार आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रूपमा नै टुंगिएको बताए । उनले भने, ‘प्रकियासम्मत रूपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन । तपाईँहरूलाई महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त हुने भएकाले राजनीतिक रूपमा टुङ्ग्यायो भन्ने लाग्ला । तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो ।’ प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय…

Read More

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुनहरू तर्जु गर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरिन् । मन्त्री शर्माले आफ्नो मन्त्रालयले नयाँ दुरसञ्चार ऐन तर्जुमाका लागि क्याविनेटबाट सैद्धान्तिक सहमति मात्रै लिएको पनि स्पष्ट पारिन् । बाहिर चर्चामा आएजस्तो कसैसँग मिलेमतो गरेर सो विधेयक आउन लागेको भन्ने कुरा सत्य नभएको उनको दाबी छ । मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा आएको तीव्रतर विकासलाई ध्यानमा राखेर सरकारले दुरसञ्चार ऐन २०५३ लाई खारेज गरी नयाँ विधेयक ल्याउनका लागि क्याविनेटबाट स्विकृति मात्रै लिएको र त्यसलाई संसदबाटै अन्तिम रुपमा दिने…

Read More