Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको कुरा सुनेपछि उनले ३० बुँदे निर्देशन दिएका हुन् । उनले विकास खर्च कम हुनुको कारण के हो भनी प्रश्न गरेका छन् र नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन आग्रह गरेका छन् । ‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन’ उनले भनेका छन्, ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पुँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फर्छ्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।’…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिएका हुन् । उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरू पन्छिन नपाउने पनि बताए । ‘कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाईँहरू पन्छिन पाउनुहुन्न’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तीनै तहमा तपाईँहरूले खटाएका कर्मचारीले काम गरिरहेका छन् । र उनीहरूको कार्यसम्पादनमा मूल्याङ्कन गर्ने अधिकार तपाइहरूले लिएर…

Read More

काठमाडौँ – मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझाव सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आज कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषयहरू कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधन, नयाँ कानुन निर्माण…

Read More

काठमाडौँ – प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद आले र नेपाली काँग्रेसकी राईले पुस ७ गते शपथ लिन नभ्याएपछि आज लिएका हुन्। आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसदको चौथो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।” आज यहाँ आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताउनुभयो । संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उहाँले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताउनुभयो । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्। सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेको थिए। उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्। त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन्। भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटाभन्दा बढी फोन ल्याएमा १८ प्रतिशत भन्सार…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक मन्त्रीले जानकारी दिए । सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधा-आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावैसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको ती मन्त्रीले बताए ।

Read More

काठमाडौं– सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । आज मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय…

Read More

धनगढी – सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् । त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एमालेसँग १०, एकीकृत समाजवादीसँग ४, राप्रपासँग एक र स्वतन्त्र एक गरी २७ प्रदेशसभा सदस्य छन् । केन्द्र सरकार निर्माणमा एकीकृत समाजवादीसँगको समर्थन नरहेको भए पनि प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको विकल्पमा माओवादी केन्द्र र एमालले एकीकृत समाजवादीको समर्थन खोजेका हुन् । टीकापुर घटनाको समाधान हुनुपर्ने र मुख्यमन्त्री पनि…

Read More