Author: Nisha Shrestha

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब ७५ करोडको ट्रेजरी जारी गर्न लागिएको छ । यस ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब ५० करोड बराबरको…

Read More

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अब उपरान्त अनलाइन मार्फत प्रदान गरीने भएको छ । सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट www.traffic.nepalpolice.gov.np मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नुपर्ने हुन्छ । अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाईन मार्फतनै हराएको सिफारीस उपलब्ध गराइनेछ । प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्धेश्यले यो सुविधा लागु गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्। सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए। ‘सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रूपमा प्रस्ताव आउनुपर्‍यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो ? यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठिक पनि हुँदैन,’ खनालले भने ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूसँग आग्रह गरेका हुन्।  प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भने, ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला ।’ सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् । गृह मन्त्रालयबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई सुशासन प्रत्याभूत हुने गरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका हुन् । ‘आवाज विहीनहरूको आवाज सुन्नुस्’ ७७ जिल्लाका प्रजिअहरुलाई उनले भने, ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहीँ कतै पनि देखिनुहुँदैन ।’ भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने,‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’ मन्त्री लामिछानेले तिब्र गतिमा…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ। गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ।  गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए। उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब…

Read More

काठमाडौँ – पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीकाे पोलिटब्यूरो बैठक आज सोमबार बस्दैछ। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे बोलाएको हो । स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए ।

Read More

महेन्द्रनगर – माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताएका छन् । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा ९माओवादी केन्द्र० को ११, नेकपा ९एमाले० को दश, नेकपा ९एकीकृत समाजवादी०को चार, राप्रपा र स्वतन्त्र एकर एक जना रहेका छन्…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। मन्त्रीविहीन मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिन उनले बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन्। ७ मन्त्री तोके पनि तीन बाहेकका मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका छन्। एकातीर मन्त्री जिम्मेवारविहीन अर्कोतिर मन्त्रालय मन्त्रीविहीनताका अवस्था रहेको छ। आजको बैठकमा सचिवहरुलाई नै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी तयारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। गत सोमबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले एक सातापछि पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन्।

Read More