Author: Nisha Shrestha

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले घेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे । एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मङ्गलवार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्यूह तोडेको बताए । ‘धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौँ, ‘उनले भने, ‘राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे । उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि…

Read More

काठमाडौँ – महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा आज बिहान गरीएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना , लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको छ । सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरीएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति भएकाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्। संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुअघि सोमबार सिंहदरबारअगाडि रहेको बसेरा होटेलमा भएको संस्थापनइतर समूहको बैठकमा शेखरले १४ औँ महाधिवेशनमा पनि आफूहरू परिवर्तन र रूपान्तरणका लागि लागेको बताए। ‘हामी परिवर्तन र रूपान्तरणका लागि १४ औँ महाधिवेशनमा एकजुट भएका थियौँ। त्यो परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति गगन थापा भएकाले मैले उनलाई हाम्रोतर्फबाट संसदीय दलको नेतामा प्रस्ताव गर्छु,’ शेखरले बैठकमा भने। संस्थापनइतर समूहले आफूहरूसँग ३२ सांसद पुगेको दाबी गरेको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्मा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी देखिएको छ । काँग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला एकीकृत समाजवादीले गठबन्धन जोगाउन दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा ल्याएको हो । एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले माओवादीलाई एमालेसँग सहकार्यमा जान बाध्य पार्नु दुर्भाग्य हुने बताए । उपमहासचिव तुलाधरले आफ्नो पार्टीसँग प्रभावशाली शक्ति नभए पनि काँग्रेस र माओवादीलाई सम्झाउने भूमिका रहेको उल्लेख गरे । काँग्रेसमा शासकीय कुशलता व्यापक रूपमा उठिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यसबारे काँग्रेसले ठन्डा दिमागले सोच्नुपर्ने बताए । एमालेसहितका दलसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला राखेर दाहालले संवाद बढाएपछि एकीकृत समाजवादीले…

Read More

काठमाडौं — नेपाली कांग्रेसको इतर पक्षले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा साझा उम्मेदवार बनाउने भएको छ । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । गगन थापाको उम्मेदवारी…

Read More

काठमाडौं – फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो । आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो । अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

Read More

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुन–चाँदीको मूल्य आज भने सामान्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा फेरि गोली चलेको छ। मंगलबार जिल्लाको धनगढीमा गोली चलेको हो। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएका हुन्। घाइते विष्टले घरमा चोरी गर्न आएको समूहको गोली प्रहार गरेको र आफूले प्रतिकार गर्न खोज्दा चोरहरूले गोली चलाएको दाबी गरे। यस्तै उनले घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेको बताए। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूले अर्को राउन्ड फायर गरेका…

Read More

काठमाडौं – प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ । १० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको छ । यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Read More