Author: Nisha Shrestha

काठमाडौं — नेपाली सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु पाँचले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा…

Read More

पोखरा – बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । न्यून भिजिविलिटीका कारण यहाँ विमानको अवतरण सम्भव नभएको हो । यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ । पोखरामा न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले काठमाडौँबाट यहाँका लागि उडान नगरिएको हो । सामान्य अवस्थामा विमान अवतरणका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइतबार बिहान पोखरामा २०० मिटर मात्र भिजिबिलिटी रहेको जनाइएको छ । पोखराबाट हुने विमानको उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार (आज) पनि बस्ने भएको छ। शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए। शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक बस्ने भएको हो। बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्य योजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे बताएका थिए । पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरूलाई उनले निर्देशन दिए।…

Read More

काठमाडौँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले काँग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् । आरजु र खाँणहरूले निर्वाचनपछि पनि आफूहरूकै सरकार बन्ने भन्दै ठुला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६/७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजूको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए । उनले भने, ‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठुला-ठुला…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रूपमा चर्चा गरिए पनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् । शनिबार काठमाडौँमा जारी पार्टीको १४ औँ स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रस्ट पारेका हुन् । उनले भने– ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुची पनि नरहेको पनि प्रस्ट पारे । बाम एकता गर्ने, एजेन्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुचि रहेको…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस पटक भाषण कम गर्ने बताएका हुन् । ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ उनले भने । प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिबद्धता गरेको पनि बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए । उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जानेरनजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ…

Read More

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।” पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भन्नुभयो, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।” कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्न सक्नुपर्ने बताउनुभयो ।

Read More

कैलाली – कैलालीमा हायस गाडी दुर्घटना भएको छ । जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नं १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले…

Read More