काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए । उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जानेरनजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ ।
Facebook Comments Box