Author: Nisha Shrestha

काठमाडौँ – शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्। बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनौती सामना गर्न आवश्यक रहेको बताए। ‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्ज छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन्। यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवसायी दुवै पक्षबीच संयोजन हुन सक्दैन, त्यो वेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैन।’ मन्त्री चौधरीले भौतिक निर्माणका काम गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै…

Read More

काठमाडौँ – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुने छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो । आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ…

Read More

काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमा‍डौँ – लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो। विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए। नेता झालाई एमालेकी जुली महतोले पराजित गरेको हो भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे। धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा…

Read More

काठमाडौँ – वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो । अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने…

Read More

काठमाडौँ – जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटेलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, सङ्गठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ । जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीन जना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।

Read More

काठमाडौँ – काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नाङ्गो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुधबार छलफल गरेका छन् । पौडेलले प्राधिकरणमै पुगेर घिसिङसँग काठमाडौँ ५ सहित उपत्यकामा रहेका नाङ्गो तारको समस्या समाधान गर्न आग्रह गरे । उनले विद्युत् पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी तारलाई भूमिगत गर्न, पोल प्रतिस्थापन भएका ठाउँमा भएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गा तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरे । जवाफमा कार्यकारी निर्देशक घिसिङले कतिपय स्थानमा तार भूमिगत गर्ने काम भइरहेको र कतिपय स्थानमा अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको…

Read More

काठमाडौँ – संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बुधबार सचिवालयका महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, सर्वोच्चलगायत निकायमा पत्र पठाएका थिए । त्यसको कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै सर्वोच्च अदालत बारका पदाधिकारीले रिट दायर गरेका हुन् । बुधबार सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ पदाधिकारीले व्यक्तिगत रूपमा रिट लगेका हुन् । सर्वोच्चले रिटमा पेसी भने तोकिसकेको छैन ।

Read More

काठमाडौं – सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ। सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएको हो ।

Read More

काठमाडौं – नेपाल सरकार मन्त्रीपरिषद्का प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोनित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले आगामी प्रतिनिधि सभामा छलफल हुने विषय जिवितै रहेको बताएका हुन् । बुधवार नै संसद् सचिवालयले चोलेन्द्रको महाभियोग निष्क्रिय भएको पत्र पठाए पनि प्रवक्ता कार्कीले संसद् सचिवालयभन्दा फरक धारणा दिएका छन् । ‘महाभियोग प्रस्तावमा छलफल भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधि सभामा छलफल हुने विषय जिवितै छ । महाभियोग सार्वभौम संसदको सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा भएर एउटा…

Read More