Author: Nisha Shrestha

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राति नै बैतडी ल्याइएको हो । प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले…

Read More

काठमाडौं – शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाएका छन् । दाङ-१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाएका छैनन् ।

Read More

सुर्खेत – सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई साङ्केतिक भाषामै पढाउनुपर्छ । त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल । विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषद्बाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन् । कूल ९६ जना अध्ययनरत विद्यालयमा…

Read More

काठमाडौं – बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ । आजको बैठकमा मंसिर ४ गते देशभर एकसाथ सम्पन्न भएको आम निर्वाचनको समिक्षा र अहिलेको अवस्थाबारे छलफल गर्ने एक नेताले बताए ।

Read More

ललितपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ९सप्ती हजार यज्ञ० मा प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा र दीप प्रज्वलन गर्नुभयो । भट्टराई आश्रममा प्रधानमन्त्री देउवालाई पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीद्वय शरदसिंह भण्डारी, ओमकारप्रसाद श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी यज्ञविनोद पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । आजबाट सुरु भएको महायज्ञ मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । विसं २०१५ मा संसद्को पहिलो…

Read More

काठमाडौं – राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । आयोगले आज प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थिक वर्षको सङ्घीय बजेटमा पर्नेगरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको हो । त्यस्ता आयोजना तथा कार्यक्रमको प्रस्तावसहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुसमसान्तभित्र आयोगमा पठाइसक्नुपर्नेछ । प्रस्ताव पेस गर्दा प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेस गर्नुपर्नेछ…

Read More

कञ्चनपुर – भीमदत्त नगरपालिका-९ मटेनाका वादी परिवार पहिले महाकाली नदी बगरमा गिट्टी र बालुका चालेर गुजारा गर्थे । वादी बस्तीका युवा रोजगारीका लागि भारत जान्थे । महिला र वृद्धवृद्धा घरखर्च चलाउन महाकालीको बगरमा गिट्टी र बालुका चाल्नुको विकल्प थिएन । अहिले भने यी वादी परिवारहरु गिट्टी र बालुवाको काम छाडेर अन्य पेशामा आबद्ध हुन थालेका छन् । सीपमूलक तालिम सिकेर उनीहरु आयआर्जनमा जोडिदै गएका हुन् । पछिल्लो समय उनीहरु बाख्रापालनसँगै बेमौसमी तरकारी खेतीमा आबद्ध हुन थालेका छन् । यसैबाट वादी परिवारले घरखर्च जोहो गरिरहेको माया वादीले बताउनुभयो । “पहिले महाकाली नदी किनारमा गिट्टी कुटेर घरखर्च चलाउने गर्थे तर अहिले अवस्था…

Read More

काठमाडौं – थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीले काठमाडौं महानगरपालिकाले उक्त स्थान खाली गराउन जारी गरेको सुचनाको विरोध गर्दै प्रदर्शन गरेका छन् । महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न ५३ दिने गरेको सूचना जारी गरेको छ । अव्यवस्ति वस्ती र सहरी व्यवस्थापना सुधारका लागि महानगरले बागमती किनारमा बस्दै आएका सुकुम्बासीलाई त्यहाँबाट हट्न भनिएको छ । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका गर्दै विरोध गरिहेका छन् । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो ।

Read More

कञ्चनपुर – कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रतिहेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।” उहाँका अनुसार यसवर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिन टन धान उत्पादन भएको छ ।गतवर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन् । भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताएका छन् । ‘वर्षौंको यो निरीहताको कारण के होला ?’ लामिछानेले प्रश्न गरेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना–पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन…

Read More